Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

आयोगले अध्यक्ष रञ्जितालाई वैधानिकता दिएपछि विवाद समाधानः प्रवक्ता पण्डित


काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रिय कार्यसमिति बैठक काठमाडौंमा शुरु भएको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा आईतवारदेखि केन्द्रिय समितिको बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनितिक विषय, पार्टीको विधान संशोधन, केन्द्रिय समितिको विस्तार लगायतको विषयमा छलफल हुने नाउपाका प्रवक्ता दामोदर पण्डितले जानकारी दिएका छन्। उनले हाल पार्टी भित्र विवाद नरहेको पनि बताए । निर्वाचन आयोगले अध्यक्ष रञ्जितालाई नै वैधानिकता दिएपछि विवाद समाधान भएको उनको दाबी छ । अध्यक्ष रञ्जितालाई आफूसमेत सहभागी भएर दुईपटक कारबाही गरेको उल्लेख गर्नुहुँदै उनले त्यसलाई निर्वाचन आयोगले मान्यता नदिएको बताएका छन् । उनले अब यहाँ सन्तुष्ट, असन्तुष्ट भन्दा पनि पार्टी बचाएर अगाडी लैजाने कुरा रहेको उल्लेख गरेका छन् ।

उनले भने,‘हामी अहिको देशको र हाम्रो पार्टी भित्रको समसामयिक राजनितिक विषयमा हामी छलफल गर्छौ । त्यसपछि हाम्रो महत्वपुर्ण कुरा छ, विधानलाई संशोधन गर्छौँ । हाम्रो जुन पुरानो विधान छ, त्यसलाई संसोधन गर्ने बारेमा छलफल गर्छौँ । बुँदाहरु तयार छन्, साथीहरुको बीचमा त्यसलाई राख्छौँ । र अहिले हामी संस्थापक जो २१ जना केन्द्रिय सदस्यहरु मात्रै छौँ । यसलाई हामीले अरु बढाएर केन्द्रिय सदस्यहरुलाई अद्यावधिक गर्ने हाम्रो कार्यक्रम छ । र निर्वाचन आयोगमा लगेर त्यसलाई हामीले अद्यावधिक गर्ने र अरु केही विविध विषयहरुमा चाहीँ हामी छलफल गर्छौँ । यहाँ सन्तुष्ट र असन्तुष्टको कुरा छैन । किनभने निर्वाचन आयोगले बैधानिकता रञ्जितलाई दिएपछि यहाँ असन्तुष्ट भन्ने कुरै भएन । वैधानिक अध्यक्षले बोलाएको बैठक हो यो । हामीले धेरै पटक उहाँलाई कारबाही गरेर पनि निर्वाचन आयोगले उही नै हो तेरो अध्यक्ष भनिआयो । म पनि हुँ, दुई चोटी कारबाही गरिसकेको हो रञ्जितालाई । तर बैधानिकता भएन । त्यसैले अहिले सन्तुष्ट र असन्तुष्टको कुरा छैन । पार्टी बनाउने कुरा छ, बचाएर लैजाने कुरा छ ।’

नाउपाको केन्द्रिय समिति बैठक आज सोमबारसम्म चल्नेछ । बैठकमा पार्टी संरक्षक रेशम चौधरी र उनका पक्षधर भने सहभागी भएका छैनन् ।


प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?