Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

आयोगले अध्यक्ष रञ्जितालाई वैधानिकता दिएपछि विवाद समाधानः प्रवक्ता पण्डित


काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रिय कार्यसमिति बैठक काठमाडौंमा शुरु भएको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा आईतवारदेखि केन्द्रिय समितिको बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनितिक विषय, पार्टीको विधान संशोधन, केन्द्रिय समितिको विस्तार लगायतको विषयमा छलफल हुने नाउपाका प्रवक्ता दामोदर पण्डितले जानकारी दिएका छन्। उनले हाल पार्टी भित्र विवाद नरहेको पनि बताए । निर्वाचन आयोगले अध्यक्ष रञ्जितालाई नै वैधानिकता दिएपछि विवाद समाधान भएको उनको दाबी छ । अध्यक्ष रञ्जितालाई आफूसमेत सहभागी भएर दुईपटक कारबाही गरेको उल्लेख गर्नुहुँदै उनले त्यसलाई निर्वाचन आयोगले मान्यता नदिएको बताएका छन् । उनले अब यहाँ सन्तुष्ट, असन्तुष्ट भन्दा पनि पार्टी बचाएर अगाडी लैजाने कुरा रहेको उल्लेख गरेका छन् ।

उनले भने,‘हामी अहिको देशको र हाम्रो पार्टी भित्रको समसामयिक राजनितिक विषयमा हामी छलफल गर्छौ । त्यसपछि हाम्रो महत्वपुर्ण कुरा छ, विधानलाई संशोधन गर्छौँ । हाम्रो जुन पुरानो विधान छ, त्यसलाई संसोधन गर्ने बारेमा छलफल गर्छौँ । बुँदाहरु तयार छन्, साथीहरुको बीचमा त्यसलाई राख्छौँ । र अहिले हामी संस्थापक जो २१ जना केन्द्रिय सदस्यहरु मात्रै छौँ । यसलाई हामीले अरु बढाएर केन्द्रिय सदस्यहरुलाई अद्यावधिक गर्ने हाम्रो कार्यक्रम छ । र निर्वाचन आयोगमा लगेर त्यसलाई हामीले अद्यावधिक गर्ने र अरु केही विविध विषयहरुमा चाहीँ हामी छलफल गर्छौँ । यहाँ सन्तुष्ट र असन्तुष्टको कुरा छैन । किनभने निर्वाचन आयोगले बैधानिकता रञ्जितलाई दिएपछि यहाँ असन्तुष्ट भन्ने कुरै भएन । वैधानिक अध्यक्षले बोलाएको बैठक हो यो । हामीले धेरै पटक उहाँलाई कारबाही गरेर पनि निर्वाचन आयोगले उही नै हो तेरो अध्यक्ष भनिआयो । म पनि हुँ, दुई चोटी कारबाही गरिसकेको हो रञ्जितालाई । तर बैधानिकता भएन । त्यसैले अहिले सन्तुष्ट र असन्तुष्टको कुरा छैन । पार्टी बनाउने कुरा छ, बचाएर लैजाने कुरा छ ।’

नाउपाको केन्द्रिय समिति बैठक आज सोमबारसम्म चल्नेछ । बैठकमा पार्टी संरक्षक रेशम चौधरी र उनका पक्षधर भने सहभागी भएका छैनन् ।


प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?