Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

उर्जा र वन मन्त्रालयको भेट हुँदैन जस्तो लाग्न थाल्यो:सांसद सरस्वती सुब्बा


काठमाडौँ। नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जलविद्युत परियोजना निर्माणका सन्दर्भमा उर्जा, जलस्रोल तथा सिंचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको बीचमा समन्वय नहुने गरेकोमा प्रश्न उठाएकी छिन्

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आईतवार बसेको बैठकमा भएको हाईड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका समस्या सम्बन्धी छलफलमा उनले प्रश्न उठाएकी हुन् । उनले व्यङ्ग्य गर्दै उर्जा र वन मन्त्रालयको भेट हुँदैन की जस्तो लाग्न थालेको बताइन् ।

पहिला वन र भूमीसुधार मन्त्रालयको बीचमा समन्वय नहुने गरेको स्मरण गर्दै उनले अहिले त्यो समस्या उर्जा र वनतिर देखिन थालेको बताएकी छिन् । ‘सिंहदरबार भित्रै छ, भेटघाट चाहीँ किन नभएको होला ?’ भन्ने उनको प्रश्न थियो । दुई मन्त्रालयबीचमा भेटघाट गर्नको लागि पुल बनाईदिनुपर्ने भए आफूहरु तयार रहेको पनि उनले बताइन् ।

उनले मन्त्रालयले आयोजना बनाउन दिएपछि अड्काउन नहुनेमा जोड दिंदै दुई वटा मन्त्रालय बीचको समन्वयमा कहाँ रुख काट्न मिल्छ, कहाँ मिल्दैन, कहाँ सुरुङ खन्न मिल्ने हो भन्नेकुराको संयुक्त रुपमा अनुगमन गरेर परियोजना निर्माण गर्नदिन उनले आग्रह गरिन् । उर्जा मन्त्रालयले परियोजना निर्माण गर्न लाईसेन्स दिने बेलामा वन मन्त्रालयले थाहा पाउनुपर्नेमा उनले जोड दिएकी छिन् ।

उनले भनिन्, ‘पहिला पहिला चाँही वन मन्त्रालय र भूमीसुधार मन्त्रालयको समन्वय हुँदैनथ्यो । अहिले चाहीँ उर्जा मन्त्रालय र वन मन्त्रालयको भेट हुँदैन की जस्तो लाग्न थाल्यो । सिंहदरबार भित्रै छ, भेटघाट चाहीँ किन नभएको होला ? पुल बनाईदिनुपर्छ भने हामी लाग्न प¥यो, होईन भने मन्त्रालयले यो कि आयोजना बनाउन दिन भएन । बनाउन दिने हो भने दुई वटा मन्त्रालय बीचको समन्वयमा कहाँ रुख काट्न मिल्छ, कहाँ मिल्दैन । कहाँ सुरुङ खन्न डाँडो पर्छ, पर्दैन भन्ने कुराको अनुगमन पनि यो मन्त्रालयले संयुक्त रुपमा गर्नप¥यो र त्यसपछि जुन समयमा उर्जा मन्त्रालयले यति वर्ष भित्र काम गरिसक्नपर्छ भनेर लाईसेन्स दिन्छ । त्यो लाईसेन्स दिने बेलामा वन मन्त्रालयले पनि थाहा पाउनप¥यो । हामी पनि त्यहाँ छौँ है भन्ने हिसावले ।’

सरकारले समृद्धिको आधार भनेर हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा २०३० सम्म १५ हजार मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले उक्त लक्ष्य हासिल गर्नको लागी जलविद्युत परियोजना निर्माणमा सहजीकरण गर्नुपर्नेमा जोड दिइन् । बाधा अड्चन हालेर परियोजना निर्माण रोकेर उक्त लक्ष्य हासिल गर्न नसकिने उनको भनाई छ ।


प्रकाशित मिति: १५ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?