Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सरकार सत्ताकब्जा गर्नेतिर लाग्यो, हामी आन्दोलनमा जान्छौंः अग्नि सापकोटा


काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार निरंकुशतातर्फ गएकाले आफ्नो पार्टीले आन्दोलनमा जाने तयारी रहेको बताएका छन् । उपाध्यक्ष सापकोटाले संसदमा पार्टीको संख्या पनि कम भएकाले सरकारलाई दवाव दिन जनतालाई जागृत गर्न पनि सडक आन्दोलनमा जानुको विकल्प नरहेको तर्क गरे । सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने अवस्था आएको त्यसको तयारी रहन पनि उनले पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् । सरकार अधिनायकवाद, तानाशाही र निरंकुशतातिर गईरहेकाले आफूहरुले जनतालाई सचेत गराउन आन्दोलनमा जाने बाटो तय गरेको उपाध्यक्ष सापकोटाको भनाई थियो ।

उनले भने, ‘अब विस्तारै आन्दोलनको तयारी गर्नु पर्छ । जनतालाई नै जागृत गरेर जनताको दबाब सुष्टि नगरी अहिले हुनेवाला छैन । किनभने संसदमा हाम्रो संख्या पनि कम छ भनेर हामीले अव आन्दोलनको तयारी गर्नुपर्छ भन्ने समझदारी बनाएका छौ । र, म अहिले तपाईहरुलाई आन्दोलनको तयारीतिर त्यसको मानसिकता बनाउनका लागि म आग्रह गर्न चाहन्छु । अहिलेको दुई दलीय सरकार राज्य सत्ता कब्जा गर्नेतिर अगाडि बढेको छ । त्यसमा पनि कसले बाजी मार्छ । त्यसमा पनि उनीहरुको बीचमा भयानक ठूलो अन्तर्विरोध छ काँग्रेस–एमालेको बीचमा पनि । तर फेरी पनि कुरा के हो भने राज्य अधिनायकवादतिर, तानाशाहीकरणतिर, निरंकुशतातिर गईरहेको छ । अझ म त के भन्छु भने अहिले सरकार त भनिएको छ । तर शक्ति राष्ट्र भनिएकाहरुमा चाँही सरकार छैन त्यहाँ एउटा गुण्डा दल छ । गुण्डा दलले त्यहाँ मनलाग्दी गरिरहेको छ ।’

उपाध्यक्ष सापकोटाले सत्तारुढ काँग्रेस–एमालेबीच पनि भयानक ठूलो अन्तर्विरोध रहेको जिकिर गरेका छन् ।


प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?