Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

सरकार सत्ताकब्जा गर्नेतिर लाग्यो, हामी आन्दोलनमा जान्छौंः अग्नि सापकोटा


काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार निरंकुशतातर्फ गएकाले आफ्नो पार्टीले आन्दोलनमा जाने तयारी रहेको बताएका छन् । उपाध्यक्ष सापकोटाले संसदमा पार्टीको संख्या पनि कम भएकाले सरकारलाई दवाव दिन जनतालाई जागृत गर्न पनि सडक आन्दोलनमा जानुको विकल्प नरहेको तर्क गरे । सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने अवस्था आएको त्यसको तयारी रहन पनि उनले पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् । सरकार अधिनायकवाद, तानाशाही र निरंकुशतातिर गईरहेकाले आफूहरुले जनतालाई सचेत गराउन आन्दोलनमा जाने बाटो तय गरेको उपाध्यक्ष सापकोटाको भनाई थियो ।

उनले भने, ‘अब विस्तारै आन्दोलनको तयारी गर्नु पर्छ । जनतालाई नै जागृत गरेर जनताको दबाब सुष्टि नगरी अहिले हुनेवाला छैन । किनभने संसदमा हाम्रो संख्या पनि कम छ भनेर हामीले अव आन्दोलनको तयारी गर्नुपर्छ भन्ने समझदारी बनाएका छौ । र, म अहिले तपाईहरुलाई आन्दोलनको तयारीतिर त्यसको मानसिकता बनाउनका लागि म आग्रह गर्न चाहन्छु । अहिलेको दुई दलीय सरकार राज्य सत्ता कब्जा गर्नेतिर अगाडि बढेको छ । त्यसमा पनि कसले बाजी मार्छ । त्यसमा पनि उनीहरुको बीचमा भयानक ठूलो अन्तर्विरोध छ काँग्रेस–एमालेको बीचमा पनि । तर फेरी पनि कुरा के हो भने राज्य अधिनायकवादतिर, तानाशाहीकरणतिर, निरंकुशतातिर गईरहेको छ । अझ म त के भन्छु भने अहिले सरकार त भनिएको छ । तर शक्ति राष्ट्र भनिएकाहरुमा चाँही सरकार छैन त्यहाँ एउटा गुण्डा दल छ । गुण्डा दलले त्यहाँ मनलाग्दी गरिरहेको छ ।’

उपाध्यक्ष सापकोटाले सत्तारुढ काँग्रेस–एमालेबीच पनि भयानक ठूलो अन्तर्विरोध रहेको जिकिर गरेका छन् ।


प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?