काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रम चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा असहजता देखिएपछि थप कुर्सीको व्यवस्था गरिएको छ । प्रधामनमन्त्री ओलीले आफूलाई असहज महसुुस गरेको संकेत गरेपछि उनका लागि कुर्सीको व्यवस्था गरिएको थियो ।
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सूरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सूरु भएको हो ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय
काठमाडौं । नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभाग एवम् नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनले ‘संविधान संशोधनको आवश्यकता र औचित्य’ विषयमा देशका सातवटै प्रदेशमा आयोजना गरेका अन्तरक्रियाहरुमा धर्म निरपेक्षता खारेज गरी मुलुकलाई हिन्दु राष्ट्र बनाउने सुझाव प्राप्त भएको छ । नेपालमा राजसंस्थालाई पनि कुनै न कुनै रुपमा स्थान दिनु पर्ने माग चर्की
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ। सांसदहरूले गरेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन
काठमाडौँ। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा जान नदिन एमालेले प्रश्ताव गरेको बताएका छन् । बुधवार राष्ट्रिय सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले औपचारिक निर्णय नभएपनि जाने पक्कापक्की भइसकेपछि प्रश्ताव गरेर एमालेले अल्मल्याउने काम गरेको उनको भनाइ छ
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले इतिहासमा सीमित भएको राजतन्त्रको विषयमा संसदमा बहस हुनुले संविधानमाथि चोट पुगेको बताएका छन् । बुधवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले जनतामा निहित सार्वभौम अधिकारलाई जन्मसिद्ध अधिकारको आधारमा राजसंस्थालाई बुझाउनुपर्ने भनी भएको बहसले संविधानमा चोट पुगेको बताएका छन् । उनले संविधानमा
काठमाडाैं । राजसंस्था फर्काउनको लागि गठित ‘जनआन्दोलन परिचालन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई महत्वकांक्षी राजा भन्न नमिल्ने बताएका छन् । उनले प्रश्न गरे,‘चुप लागेर जंगलमा बसेको राजा कसरी महत्वकांक्षी हुन्छ ? त्यो बेलाको त्यही सिच्युएशन थियो, अब यो कोट्याएर के फाईदा छ ?’ हिजो राति प्राइम टिभीबाट
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले के नेपाल तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको हो भन्दै सरकारलाई प्रश्न गरेकी छिन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । । यस्तो अवस्थामा नेपाली जनताको सहनशीलताको परिक्षा नलिन समेत सरकारलाई चेतावनी दिइन् । नेपाल दिन प्रतिदिन तस्करहरुको जालोमा फसिहरेको
काठमाडौँ। नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पृथ्वीनारायण शाहदेखि विभिन्न प्रणालीको राजतन्त्र नेपाली जनताले व्यहोरेको बताउंदै राजाहरुले नेपाली जनताको अधिकार खोसेर शासन चलाएको र राजतन्त्रको विभिन्न दुष्परिणामका कारण गणतन्त्र
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिक दलहरुले स्वतन्त्र विद्यार्थी युनियनको नाममा क्याम्पसहरुमा ताण्डव देखाएको टिप्पणी गरेकी छिन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्नो गुटलाई बलियो बनाउन तथा पद हत्याउनका लागि विद्यार्थीको दुरुपयोग गरिएको बताउदै क्याम्पसहरुमा महिनादिनदेखि ताला लगाउँदा विद्यार्थीले पढ्न नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएकी