Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

माओवादीले छेपारो झैँ रङ फेर्यो, हामी सदन चल्न दिँदैनौँः राप्रपा


काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानविन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने बताएका छन ।

सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गृहमन्त्री रमेश लेखकले संसदमा शुक्रवार सम्बोधनका क्रममा धम्कीपूर्ण रुपमा प्रश्तुत हुनुभएको बताए । उनले राप्रपाले मानव बेचबिखनको अनुसन्धान चाहेको बताए । अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानविनको दायरामा आउनुपर्ने बताएका छन् ।

उनले भने, ‘गृहमन्त्रीजी धम्कीपूर्ण भाषामा प्रश्तुत हुनुभयो । हामी मानव बेचविखनको अनुसन्धान चाहन्छौँ । यसको विरुद्धमा छानविन समिति बन्नुपर्छ । छानविन समिति नबन्दासम्म विरोधका कार्यक्रम जारी राख्छौँ । अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानविनको दायरामा आउनुपर्छ । गृहमन्त्रालय र सरकारले छानविन समिति नबनाएसम्म छानविन समितिको माग गर्दै विरोधका कार्यक्रम जारी राख्छौँ ।’

प्रमुख सचेतक शाहीले माओवादीले छेपारो झैँ रङ फेरेको आरोप लगाउँदै माओवादीसँग सहकार्य गरेर संसदका काम कारबाहीमा आफूहरु अघि नबढ्ने स्पष्ट पारे ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?