Trending
>>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

राजनिति


सम्मानजनक एकता नभए काँग्रेसले थप पराजय भोग्नुपर्ने नेता घिमिरेको चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्र सबै पक्षलाई समेटेर सम्मानजनक एकता कायम गर्न नेतृत्वलाई आग्रह गरेका छन् । वागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले वर्तमान संस्थापन पक्षले एकलौटी ढंगले अघि बढ्न खोजे आगामी निर्वाचनमा पार्टीले थप गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । सम्बोधनका क्रममा नेता

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनैपर्छः भिष्मराज आङदेम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र साहको उपस्थिति हुनै पर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुख डिपि अर्यालको ध्यानाकर्षण पनि गराएका छन् । नेता आङदेम्बेले आफूले प्रधानमन्त्री विरामी भएको

प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिता बिना संसद अघि बढ्न नदिने प्रतिपक्षीको चेतावनी

काठमाडौँ । नेकपा (एमाले) का सांसद गुरु बरालले सरकारको नीति तथा कार्यक्रमको मूल जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताउँदै उहाँको अनुपस्थितिमा संसदको कामकारबाही अगाडि बढ्न नदिने चेतावनी दिएका छन् । बुधवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद बरालले नीति तथा कार्यक्रम कार्यकारिणीको तर्फबाट प्रधानमन्त्रीले नै प्रश्तुत र रक्षा गर्नुपर्ने धारणा राखेका

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँः काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गरेका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले प्रधानमन्त्री उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ नदिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिएका छन् । सांसद श्रेष्ठकाअनुसार सरकारले आगामी आर्थिक

नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने एमालेको माग, संसद अवरुद्ध गर्ने चेतावनी

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रश्तुत गर्ने र त्यसमाथि हुने छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गरेकी छिन् । सरकारको नीति तथा कार्यक्रम एक वर्षको मार्गदर्शक दस्ताबेज भएको उल्लेख गर्दै उनले यसप्रति प्रधानमन्त्री नै मुख्य रूपमा जवाफदेही हुनुपर्नेमा जोड दिइन् ।

नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गरेका छन् । प्रधानमन्त्रीले संसदलाई छलेर उत्तरदायित्वबाट विमुख हुन खोजेको आरोप लगाउँदै उनले यसप्रति कडा आपत्ति जनाएका जनाएका छन् । संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शाहीले सरकारको

मधेस प्रदेशलाई दुई वर्षभित्र पूर्ण साक्षर बनाउने सरकारको लक्ष्य

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आगामी दुई वर्षभित्र मधेस प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने गरी सरकारले कार्ययोजना अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । साक्षरतासम्बन्धी कार्यदलले बुझाएको प्रतिवेदन ग्रहण गर्दै मन्त्री पोखरेलले मधेस प्रदेशमा रहेका ८ लाख ३३ हजार १७१ जना निरक्षरहरूलाई साक्षर बनाउन सरकारले अल्पकालीन र

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । विपक्ष दलहरुले अवरुद्ध पारेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री बालेन्द्र साह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पनि उपस्थिति नभएको भन्दै विपक्षीहरुले अवरुद्ध पारेपछि बैठक केहीबेरका लागि स्थगित गरिएको हो । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री आउने भन्दै बैठक सूचारु गराउन विपक्ष दलका सांसदहरुलाई पटक

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

काठमाडौँ । सभामुख डोल प्रसाद अर्यालले नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वैचारिक आधार र राजनीतिक चरित्रमाथि प्रश्न उठाउँदै दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा सभामुख अर्यालले यस्तो रुलिङ गरेका हुन्। नेता थापाले रास्वपा कुनै सुव्यवस्थित वा

सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले ठप्प रहेको चिया निर्यातका लागि तत्काल भारत सरकारसँग कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले किसानलाई मलको अभाव हुन नदिने गरी तत्काल आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएका छन् । सांसद सुहाङ नेपालले ठप्प

सम्वन्धित समाचारहरु