Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

१५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः सभापति थापा


काठमाडौँ।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा तलमाथि गर्न नसकिने बताएका छन् । आईतवार पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नेगरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको भएको बताए । उनले पार्टी विधान र कानूनअनुसार पार्टीले तय गरेको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको तर्क गरेका छन् । पार्टीको वृहत्तर एकताका लागि छुटेका नेता तथा कार्यकर्तालाई पार्टी सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी गराउन कार्यतालिकामा आवश्यक हेरफेर र सहजता अपनाउँदा केही समय लागेको लारिहेको पनि उनको भनाइ छ । सभापति थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई सामान्य रुपमा लिएको भन्दै पुनः न्यायालयको सामना गर्ने बताएका छन् । उनले पार्टीको विधानसम्मत भएको विशेष महाधिवेशनलाई यसअघि नै निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको भन्दै डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । उनले भने, ‘पार्टीको महाधिवेशनको लागि जुन मिति तय गरिएको छ त्यो तलमाथि गर्ने सुविधा हामी कसैलाई पनि छैन । किनभने हाम्रो विधानको व्यवस्थाले त्यो कुरा तोकिदिएको छ । नेपालको कानूनको व्यवस्था पनि त्यही छ । त्यसकारण असोज १६–१९ गतेसम्म जुन कार्यतालिका तोकिएको छ त्यही कुरामा हुन्छ । त्यो हाम्रो अन्तिम विषय नै हो । अब यसमा पार्टीको बृहत्तर एकताको निम्ति छुट्नुभएका सबै नेता तथा साथीहरुले पार्टीको सदस्यता अद्यावधिक गर्ने कुरामँ बढीभन्दा बढी साथिहरु र नेताहरुलाई सहभागि गराऔँ भनेर उहाँले कार्यतालिका बनाउँदै परिवर्तन गरिरहनुभएको छ । सहज बनाउँदै गर्दा केही समय लागेको छ । त्यसकारण वडा अधिवेशन जुन प्रारम्भ गर्ने कुरा छ त्यसमा एकदुई दिन तलमाथि नहुने गरि गर्नुपर्छ भन्नेकुरा उहाँहरुको छ । हामीले यसमा छलफल गरेर बैठकबाट टुंग्याउँ । विशेष महाधिवेशनको विषयमा हिजो सत्य भएको कुरा फेरी पनि सत्य नै हुन्छ । यसबारे सरकारका केही व्यक्तिको कुरा पनि साथिहरु सुनाउँछन् । तर कुनै व्यक्तिहरुको कारण संस्थाको आलोचना गर्नुहुँदैन । यसले संस्थाहरुमाथिको विश्वास घटाउँछ । पञ्चायत कालमा पनि न्यायालयमाथि विश्वास गरेर जानुभएको वीपी कोइरालाका कार्यकर्ता हौँ हामीहरु । त्यसकारण हामी न्यायालयमाथि विश्वास राख्नुपर्छ राख्छौँ । अन्य राजनीतिक कुराहरु त समयक्रमसँगै खुल्दै गइहाल्छन् नि ।’ उनले १५ औँ महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउने कुरामा समेत जारी बैठकमा छलफल गर्नुपर्ने बताएका छन् ।

काठमाडौँ।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा तलमाथि गर्न नसकिने बताएका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नेगरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको भएको बताए । उनले पार्टी विधान र कानूनअनुसार पार्टीले तय गरेको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको तर्क गरेका छन् । पार्टीको वृहत्तर एकताका लागि छुटेका नेता तथा कार्यकर्तालाई पार्टी सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी गराउन कार्यतालिकामा आवश्यक हेरफेर र सहजता अपनाउँदा केही समय लागेको लारिहेको पनि उनको भनाइ छ । सभापति थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई सामान्य रुपमा लिएको भन्दै पुनः न्यायालयको सामना गर्ने बताएका छन् । उनले पार्टीको विधानसम्मत भएको विशेष महाधिवेशनलाई यसअघि नै निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको भन्दै डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

उनले भने, ‘पार्टीको महाधिवेशनको लागि जुन मिति तय गरिएको छ त्यो तलमाथि गर्ने सुविधा हामी कसैलाई पनि छैन । किनभने हाम्रो विधानको व्यवस्थाले त्यो कुरा तोकिदिएको छ । नेपालको कानूनको व्यवस्था पनि त्यही छ । त्यसकारण असोज १६–१९ गतेसम्म जुन कार्यतालिका तोकिएको छ त्यही कुरामा हुन्छ । त्यो हाम्रो अन्तिम विषय नै हो । अब यसमा पार्टीको बृहत्तर एकताको निम्ति छुट्नुभएका सबै नेता तथा साथीहरुले पार्टीको सदस्यता अद्यावधिक गर्ने कुरामँ बढीभन्दा बढी साथिहरु र नेताहरुलाई सहभागि गराऔँ भनेर उहाँले कार्यतालिका बनाउँदै परिवर्तन गरिरहनुभएको छ । सहज बनाउँदै गर्दा केही समय लागेको छ । त्यसकारण वडा अधिवेशन जुन प्रारम्भ गर्ने कुरा छ त्यसमा एकदुई दिन तलमाथि नहुने गरि गर्नुपर्छ भन्नेकुरा उहाँहरुको छ । हामीले यसमा छलफल गरेर बैठकबाट टुंग्याउँ । विशेष महाधिवेशनको विषयमा हिजो सत्य भएको कुरा फेरी पनि सत्य नै हुन्छ । यसबारे सरकारका केही व्यक्तिको कुरा पनि साथिहरु सुनाउँछन् । तर कुनै व्यक्तिहरुको कारण संस्थाको आलोचना गर्नुहुँदैन । यसले संस्थाहरुमाथिको विश्वास घटाउँछ । पञ्चायत कालमा पनि न्यायालयमाथि विश्वास गरेर जानुभएको वीपी कोइरालाका कार्यकर्ता हौँ हामीहरु । त्यसकारण हामी न्यायालयमाथि विश्वास राख्नुपर्छ राख्छौँ । अन्य राजनीतिक कुराहरु त समयक्रमसँगै खुल्दै गइहाल्छन् नि ।’

उनले १५ औँ महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउने कुरामा समेत जारी बैठकमा छलफल गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २४ श्रावण २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?