Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति मुख्य सचेतक थापाको असन्तुष्टि


पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति मुख्य सचेतक थापाको असन्तुष्टि, अधिकार प्रत्यायोजन गर्न माग

काठमाडौँ। नेपाली काँग्रेसकी मुख्य सचेतक वासना थापाले प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् ।

शुक्रवार बसेको समितिको बैठकमा बोल्दै थापाले समितिको बैठक पर्याप्त संख्यामा बस्न नसकेको र विद्युत क्षेत्रमा नीतिगत सुधारको आवश्यकता रहेको औंल्याएकी छिन् । बैठकमा थापाले विद्युत विस्तार र प्रशारण लाइन निर्माणमा भइरहेको ढिलासुस्ती र प्रशासनिक झन्झटबारे पनि चर्चा गरेकी छिन् । ३३ केभी र २१ केभी प्रशारण लाइनको स्वीकृतिका लागि समेत केन्द्रमै आएर नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक (एमडी) वा उपप्रवन्ध निर्देशक (डीएमडी) सँग छलफल गर्नुपर्ने विद्यमान व्यवस्थाले काममा अवरोध पु¥याएको उनको तर्क छ । यसैगरी, टेण्डर प्रक्रियामा रहेको प्राविधिक त्रुटिका कारण पनि विद्युत क्षेत्रको काममा ढिलाइ भइरहेको उनले बताइन् । केन्द्रबाट सामाग्री पठाउने र स्थानीय स्तरबाट जनशक्ति परिचालन गर्ने भिन्न–भिन्न ठेक्का प्रणालीले गर्दा समन्वय हुन नसकेको र सामाग्री अभावमा काम रोकिने गरेको उनको भनाइ छ ।

समितिको बैठक नियमित हुन नसकेको विषयमा ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘अन्य समितिहरूको बैठक २०–२२ पटकसम्म बसिसक्दा हाम्रो समितिको बैठक सातौँ पटक मात्रै बस्नु दुःखद् छ । यस समितिअन्तर्गत धेरै मन्त्रालयहरू रहेका कारण पनि समन्वयमा समस्या देखिएको हुनसक्छ, यसलाई तत्काल सुधार गर्नुपर्छ । स्थानीय स्तरमा हुने कामका लागि केन्द्र धाउनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्छ । कामलाई छिटो–छरितो बनाउन स्थानीय तह वा प्रदेशलाई नै अधिकार प्रत्यायोजन गर्ने नीतिगत व्यवस्था आवश्यक छ ।’

स्थानीय स्तरमा भइरहेका कतिपय कामहरू दिगो नभएको भन्दै उहाँले यसतर्फ विशेष ध्यान दिन समितिको ध्यानाकर्षण गराएकी छिन् ।


प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?