Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री साहलाई काँग्रेस सांसद काउचाले भनिन्– ‘कालो चश्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’


प्रधानमन्त्री साहलाई काँग्रेस सांसद काउचाले भनिन्– ‘कालो चश्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’

काठमाडौँ।नेपाली काँग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र साहलाई विधि, लोकतान्त्रिक मूल्यमान्यता, संविधान र संसदीय मर्यादालाई कमजोर पार्ने कार्य नगर्न आग्रह गरेकी छिन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले मुलुकको हितमा सरकारले चाल्ने हरेक कदममा प्रतिपक्षको साथ रहने तर लोकतान्त्रिक व्यवस्था र संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने बताएकी हुन् । सांसद काउचाले प्रधानमन्त्री सत्तापक्षको मात्रै नभई सबै नेपालीको प्रधानमन्त्री भएको उल्लेख गर्दै संसद्मा दैनिक उठिरहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिको विषयले प्रधानमन्त्रीको राजनीतिक साखमा असर पारेकोतर्फ समेत ध्यानाकर्षण गराइन् । उनले प्रधानमन्त्री साहको फेसबुक स्टाटसलाई लक्षित गर्दै प्रधानमन्त्री एक्लै नरहेको भन्दै कालो चस्मा खोल्न समेत आग्रह गरिन् । उनले संसद्को अभिलेखमा रहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याउन किन कठिनाइ भइरहेको ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरेकी छिन् ।

उनले भनिन् , ‘म यो सदनबाट प्रधानमन्त्रीज्यूलाई स्पष्टसँग भन्न चाहन्छु, कालो चस्मा खोल्नुस् तपाईं एक्लो हुनुहुन्न । मुलुकको हितमा तपाईंले चाल्ने हरेक कदममा प्रतिपक्ष तपाईंको साथमा छ । तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन । प्रधानमन्त्रीज्यू तपाईं मान्नुस् या नमान्नुस् तपाईं सत्तापक्षको मात्रै प्रधानमन्त्री होइन । तपाईं हामी सबै नेपालीको प्रधानमन्त्री हो । त्यसैले प्रश्न गर्न चाहन्छु, दैनिक सदनमा उठिरहेको सीमासम्बन्धी विवादस्पद अभिव्यक्तिको प्रश्नले तपाईंको राजनीतिक साखमा असर परेको अझै महशुस गर्नुभएको छैन ? संसदको रेकर्डमा रहको अभिव्यक्तिलाई सच्याउन पनि कि यति कठिनाई भइरहेको छ ? प्रतिपक्ष प्रधानमन्त्रीको अपमान गर्दैन, हामी तपाईंको ओझ घटाउन होइन अझै बढाउन खोजिरहेका छौँ । प्रधानमन्त्रीज्यूको पछिल्लो कार्यशैलीले मुलुकको सन्दर्भमा अन्तर्राष्ट्रि प्रतिष्ठामाथि प्रश्न उठ्नु दुःखद् हो ।’

सांसद काउचाले प्रतिपक्षले सरकारको घेराबन्दी गर्न नभई जवाफदेही बनाउन खोजिरहेकोबारे पनि स्पष्ट पारेकी छिन् ।


प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?