Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मुलुकको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैनः अध्यक्ष प्रभु साह


मुलुकको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैनः अध्यक्ष प्रभु साह

काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई विद्यमान अन्त्यहीन संकटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था दयनीय बन्दै गएकाले अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । अध्यक्ष साहले ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनले व्यवस्था बदले पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको टिप्पणी गरेका छन् । उनले वर्तमान राजनीतिमा धोका, बेइमानी र अनैतिकता हाबी भएको भन्दै यसलाई तोड्न जरुरी रहेको उल्लेख गरेका छन् । नवनिर्मित मोर्चाको उद्देश्य सत्ता प्राप्ति वा पदको भागबण्डा नभई देशलाई समृद्धिको दिशामा लैजानु रहेको उनले प्रष्ट पारेका छन् । साहकाअनुसार यो मोर्चा हिमाल, पहाड र मधेसको साझा प्लेटफर्मका रूपमा रहनेछ । उनले नेपालमा राजनीतिक स्थायित्व नहुने र गठबन्धनहरू छिट्टै टुट्ने प्रवृत्तिको अन्त्य गर्दै यो मोर्चालाई दीर्घकालीन रूपमा अगाडि बढाउने संकल्प गरेका छन् । मुलुकको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष साहले किसान, व्यापारी र उद्योगीहरू निराश रहेको र युवा शक्ति विदेश पलायन भइरहेको बताएका छन् । उनले सरकार र सत्ता फेरिए पनि काम गर्ने संस्कार र प्रवृत्ति नफेरिएको भन्दै वर्तमान सरकारले जनतालाई ढाँटेको आरोप समेत लगाएक्ला छन् ।

उनले भने, ‘देश निरन्तर संकटको यात्रामा छ । ४६ सालको आन्दोलन, जनयुद्ध र मधेस आन्दोलनका माध्यमबाट ठूलो बलिदानी त भयो, तर जनताले अपेक्षा गरेको सुखद् दिन अझै आउन सकेको छैन । चुनावअघि सुशासन र सेवा प्रवाहका ठूला कुरा गर्नेहरू अहिले सत्तामा पुगेपछि नागरिकलाई लाइनमा बस्न बाध्य पारिरहेका छन् । हाम्रो यो मोर्चा कुनै मन्त्रालय वा शक्ति बाँडफाँडका लागि बनेको होइन । यो त मुलुकलाई फेक शासनबाट मुक्त गरी असल शासनतर्फ लैजान, स्वाधीन नेपाल बनाउन र वास्तविक लोकतन्त्रको रक्षाका लागि निर्माण गरिएको हो ।’

विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा साहले निराश जनतामा उत्साह जगाउन र देशको अस्तित्व रक्षाका लागि सबैलाई एकजुट हुन आह्वान समेत गरेका छन् । उनले यो मोर्चा विभाजनको चक्रबाट मुक्त रहने र नेपाली राजनीतिको विकृति अन्त्य गर्ने ऐतिहासिक अभिभारा पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?