Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

संविधान पुनर्लेखन होइन, अभ्यासका आधारमा परिमार्जन आवश्यकः आङदेम्बे


संविधान पुनर्लेखन होइन, अभ्यासका आधारमा परिमार्जन आवश्यकः आङदेम्बे

काठमाडौँ।नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान संविधान जारी भएको एक दशक पुग्न लागेको सन्दर्भमा यसको समीक्षा र आवश्यक परिमार्जन गर्नुपर्ने बताएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रवार सम्बोधन गर्दै नेता आङदेम्बेले संविधानको पुनर्लेखन भन्दा पनि यसको कार्यान्वयनका क्रममा देखिएका जटिलताहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । आङदेम्बेले संविधान कार्यान्वयनको १० वर्षमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसङ्ख्यक, मुस्लिम र थारु समुदायले भोग्नुपरेका अप्ठ्याराहरूलाई पहिचान गरी संशोधनमार्फत समाधान खोजिनुपर्ने बताएका छन् । पछिल्लो समय लोकप्रियताका नाममा संविधानका विरुद्ध भ्रामक अभिव्यक्ति दिने र समाजमा जातीय द्वन्द्व निम्त्याउन खोज्ने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । जिम्मेवार तहमा रहेका र नरहेका कतिपय व्यक्तिहरूले जनभावनासँग खेलेर मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको उनको आरोप छ । यस्ता पात्र र प्रवृत्तिहरूप्रति आदिवासी जनजाति समुदाय विशेष सचेत रहनुपर्ने उनले उल्लेख गरेका छन् ।

उनले भने, ‘हामी अहिले संविधानको पुनरावलोकन गर्ने ठाउँमा आइपुगेका छौँ । यो नयाँ संविधानको खोजी वा पुनर्लेखन नभई १० वर्षको अभ्यासमा देखिएका कमजोरीहरू सुधार्न गरिने परिमार्जन हो । हामीले दशकौँ लामो लडाइँ र ठूलो बलिदानबाट यो संविधान प्राप्त गरेका हौँ । अब आउने पुस्ताले फेरि अधिकारका लागि उही संघर्ष दोहो¥याउनु नपरोस् भन्नका लागि पनि प्राप्त अधिकारको रक्षा गर्नु अनिवार्य छ ।’

उनले भावनामा बहकिएर कसैको ‘इमोसनल ब्ल्याकमेल’ मा नपर्न समेत आग्रह गरेका छन्। पहिचान र अधिकारको सुनिश्चितता लोकतन्त्र र लोकतान्त्रिक पार्टीबाट मात्र सम्भव हुने दाबी गर्दै उनले नेपाली काँग्रेसले नै सबैको अस्तित्व र इतिहासलाई संस्थागत रूपमा संरक्षण गर्ने विश्वास व्यक्त गरेका छन् । उनले लोकतन्त्रको रक्षाका लागि काँग्रेसका कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?