Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

राजनिति


समयमा काम पूरा गर्नेलाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला

३० ,मङ्सिर ,चन्द्रौटा (कपिलवस्तु) । भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्धारित समयमा तोकिएको काम पूरा गर्ने निर्माण व्यवसायीलाई सम्मान गर्ने बताएका छन् । कपिलवस्तुको सुरही खोलामा निर्माण सम्पन्न पुलको आज उद्घाटन गर्दै मन्त्री ज्वालाले कतिपय निर्माण कम्पनीले काम नगरेर बदनाम भइरहेको सन्दर्भमा समयमा काम सम्पन्न गर्ने कम्पनीलाई सरकारले हरेक

दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर काम गरेका छौँ : मुख्यमन्त्री पाण्डे

३० ,मङ्सिर ,ढोरपाटन (बागलुङ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अगाडि बढाएको बताएका छन्। बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा आज आयोजित पाण्डवखानी माविको हिरक जयन्तीलाई सम्बोधन गर्दै उनले अब दुर्गम गाउँका नागरिकले पहिलेको जस्तो दुःख नपाउने बताए । पछिल्लो समय ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी

एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्छ : अध्यक्ष ओली

३० ,मङ्सिर ,पाँचथर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ मा हुने निर्वाचनबाट एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्ने दाबी गरेका छन् । पाँचथरको फिदिममा झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा, २०८० को बहृत् जनसभालाई आज सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन् । अध्यक्ष ओलीले अब

राससका पूर्वअध्यक्ष ‘श्यामल’ सहित वरिष्ठ साहित्यकार सम्मानित

३० ,मङ्सिर ,काठमाडौँ । मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले विभिन्न विधाका वरिष्ठ साहित्यकारहरूलाई सम्मान गरेको छ । संस्थाको आज यहाँ आयोजित सातौँ साधारणसभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रष्टाहरूलाई सम्मान प्रदान गरिन् । कार्यक्रममा मध्यपश्चिम स्रष्टा सम्मान २०८० वरिष्ठ कवि एवं निबन्धकार हरिहर अधिकारी ‘श्यामल’ लाई प्रदान गरिएको छ । उनि

चुनावको होइन देशको चिन्ता गरौँ : महामन्त्री शर्मा

३० ,मङ्सिर ,गण्डकी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताएका छन् । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यता रहेको औँल्याए । “कतिपय दलहरूले अहिले मिसन ८४ भनेर अभियान चलाइरहनुभएको छ,

संस्कार, संस्कृतिको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्छ : मन्त्री शर्मा

३० ,मङ्सिर ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संस्कार, संस्कृति र परम्पराको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्ने बताएकि छिन् । आज यहाँ आयोजित मध्यपश्चिमाञ्चल साहित्य परिषद्को सातौँ साधारणसभामा मन्त्री शर्माले युवाको सक्रियताबाटै मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन सम्भव भएको प्रसङ्ग उल्लेख गर्दै समाजका विकृति, विसङ्गति अन्त्य र संस्कृति

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि

काठमाडौ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । बैठक राजधानीको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ८ बजेदेखि सुरु हुनेछ। आउँदो पुस ३ गतेसम्म जारी रहने उक्त बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ‘ब्रिफिङ’ गर्ने

‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन हुँदै

२९ ,मङ्सिर ,काठमाडौँ । नेपाली कांग्रेसले आगामी पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय कार्यसमितिबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने निर्णय गरेको छ । पार्टी सभापति

प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : न्याय किन महँगो भयो ?

२९ ,मङ्सिर ,काठमाडौँ । “न्यायमा सर्वसाधारणको पहुँच कहिले पुग्छ?”, सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरु सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइका क्रममा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्न गरे, “न्याय महँगो भयो, सर्वसाधारणले कहिले न्यायको अनुभूति गर्न पाउँछन् ?” सांसद कार्कीको जस्तै सांसद महेश बर्तौलाको प्रश्न थियो, “न्यायालयप्रति जनआस्था डगमगाएको छ,

अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्न नहुने : सचिव पोखरेल

२९ ,मङ्सिर ,झापा । नेकपा (माओवादी केन्द्र)का सचिव लीलामणि पोखरेलले अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्न नहुने बताएका छन् । मेचीनगरमा आज आयोजित महेन्द्रद्वार सहकारी संस्थाको वार्षिक साधारणसभामा सचिव पोखरेलले मुलुकमा लाखौँको सङ्ख्यामा गरिखाने नागरिक सहकारीमा जोडिएका र त्यसबाट सङ्कलन भएको ठूलो पूँजी अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुनेमा जोड दिए ।

सम्वन्धित समाचारहरु