Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

एकीकृत समाजवादी पार्टी हाेइन पापकुण्ड हाेः अध्यक्ष ओली


काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टी कुनै दलको पार्टी नभएर पापकुण्ड भएको बताउनु भएको छ । आज नेकपा (एमाले) मुख्यालयमा नेकपा एकीकृत समाजजादीबाट एमाले फर्किका पोलिट्व्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय कमिटी सदस्य शंकरनारायण श्रेष्ठलाई स्वागत गर्दै ओलीले यस्तो बताउनुभएको हो । ‘तपाईँहरु रहनु भएको ठाउँ (नेकपा एकीकृत समाजवादी) पाककुण्डा नै थियो । तपाईँहरु पापकुण्डबाट मुक्त हुनुभएको छ,’ ओलीले भन्नुभयो, ‘देशका विरुद्ध काम गर्ने समूह, कम्युनिष्ट आचरण र विचारलाई ध्वस्त पार्न लागेको समूहबाट आफूलाई अलग गर्नु भनेको मोक्षप्राप्ति गर्नु हो ।’

उहाँले फेरि आफ्नै घर फर्किएर बुद्धिमतापूर्ण काम गरेको भन्दै धन्यवाद पनि दिनुभयो । ‘तपाईँहरु त्यहाँ बसिरहेको भए आफ्नो पनि पार्टी जीन्दगी खेर जान्थ्यो । त्यो खेर जाँदै गर्दा देशका लागि अहित पनि हुँदै जान्थ्यो,’ ओलीले भन्नुभयो । ओलीले मान्छे नराम्रै सास्कृतिक कार्यक्रममा, गीत बजाएका ठाउँमा, बाजा बजाएका ठाउँमा पुगेपछि नचाचे पनि खुट्टा चनाउने प्रसङ्ग निकाल्दै भन्नुभयो– ‘अलिअलि संलग्नता त भै हाल्छ क्या ! त्यसबाट मुक्त हुनुभएको छ, साथीहरु । अब मन नलागी नलागी होइन मन खोलेर आफ्नो क्षमता देखाउनु होला । जिम्मेवारी पाइदैँन कि भनेर चिन्ता नलिनु जति ठूलो जिम्मेवारीको भारी बोक्नुहुन्छ । त्यति नै ठूलो जिम्मेवारीको भारी बोकाइन्छ ।’

ओलीले कार्यकर्ताले जति ठूलो भारी बोके त्यति नै धेरै फाइदा पार्टीलाई हुने भन्दै कार्यकर्ता जति धेरै सक्रिय भयो । त्यति नै धेरै फाइदा पार्टीलाई हुने बताउनुभयो । ‘ट्रेडमिलमा दौडिए जस्तो पसिना–पसिना बनाएर दौडिने अनि कहाँ पुगियो भन्दा त्यहि भयो भनेचाँहि हुँदैन,’ ओलीले भन्नुभयो, ‘योजना विहीन ढंगले गन्तव्य कहाँ हो भन्ने नभई कुदियो भने त्यो टे«डमिलमा दौडिए जस्तो मात्रै हुन्छ । योजना बनाएर लक्ष्य बनाएर दौडिनुहोला । त्यो भयो भने मात्रै लक्ष्य प्राप्त गर्न सकिन्छ ।’

सधैँ अखडामा कुस्ती खेलिरहेको खलिफा (पहलमान)ले पनि कुस्ती खेल्नु अघि उठबस गरेर, अनेक गरेर आफैँ मडारिएर एक–दुई पटक मशल तताउन, नशा तन्काउन झुटो कुस्ती खेल्ने प्रसङ्ग पनि ओलीले निकाल्नुभयो । ‘त्यसपछि मात्रै खलिफाले कुस्ती खेल्छन् । सधैँ खेलेकाले पनि त्यसो गर्छन् । कहिल्यै नखेलेकोले त केही दिन काममा नै नगएर खेलिरहेको हुन्छ । अरु खेलमा पनि खेलअघि ‘वार्मअप’ गरिन्छ,’ ओलीले भन्नुभयो, ‘त्यसैले पार्टीमा पनि केही समय ‘वार्मअप’ गर्नुपर्ने हुनसक्छ । कतिपय सन्र्दभमा हामीले पार्टी बनाउने बेलामा अन्त गएको भनेर पनि भन्लान । यसमा कुन नयाँ पुरानो भन्ने मनोविज्ञानबाट मुक्त भएर अघि बढ्नुपर्छ ।’


प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?