Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

नयाँ दलबारे ओलीको आलोचना : भोलि उठी कहाँ जाने केही थाहा छैन


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिएका पार्टीहरुको गन्तव्यकै टुंगो नभएको बताएका छन् ।अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले नयाँ दलहरुको आलोचना गरे ।

ओलीले भने,‘उनीहरुको कुनै गन्तव्य छैन, पोलिटिकल कलर छैन, पोलिटिकल सेप छैन’, ‘अमिलो फल्छ कि गुलियो फल्छ केही थाहा छैन । खुर्सानीका बोट जस्ता हुन्, पिरो फल्छ कि ? सुन्तालाका बोट जस्ता हुन्, गुलियो फल्छन् कि ? हर्रोबर्रो जस्ता हुन् कि ? टुंगो छैन ।’ उनीहरुले गन्तव्य पनि पहिल्याउन नसकेको ओलीले बताए । समाजवाद कि पुँजीवादमा जाने भन्ने टुंगो नभएको भन्दै उनले भने, ‘भोलि उठी कहाँ जाने केही थाहा छैन । यो हालतमा छन् ।’

ओलीले नयाँ दलहरु पनि पुरानो भइसकेको बताए । ‘मैले नयाँका नेतालाई अस्ति नै भनेँ, ए बाबु तिमीहरु त पोहोर नै खोेलेको होइन पार्टी ? अब त पुरानो भइसक्यो’ उनले भने, ‘एक पटक सांसद भइसकेपछि तिमीहरु पुराना भइसक्यौं ।’

यस्ता दलहरुमा समस्या देखिन बाँकी नै रहेको बताए । कोही नभएको बेला को उम्मेदवार हुने भनेर टिकट दिएको र गठबन्धनका कारण जनतामा वितृष्ण रहेका बेला जितेको भन्दै ओलीले भने, ‘अर्को पल्ट त भइरहेको सांसदले छोड्न मान्दैन, अर्को नयाँ हुनुपर्‍यो भन्छ । बल्ल समस्या सुरु हुन्छ ।’

‘कोही एक पटक सांसद भएपछि राजनीतिबाट सन्यास लिनेवाला छौं र ? अहिले पो नयाँ भन्छौं, अर्को पल्ट त अनुभवी चाहिन्छ भनिहाल्छौं नि !’ ओलीले भने ।स्वतन्त्र उठेर जितेकाहरुमा पनि अरुको आलोचना गर्नुबाहेक कुनै नीति नभएको ओलीले बताए ।


प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?