काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको छ । बिहीवार निर्वाचन आयोगले नेपालमा रहेका सबै कुटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी गराएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार निर्वाचन केवल आन्तरिक सरोकारको विषय मात्र नभई अन्तर्राष्ट्रिय समुदायको पनि चासोको
काठमाडौँ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आगामी प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ । कुटनीतिक समुदायका लागि आयोजित विशेष ब्रिफिङ कार्यक्रममा उहाँले निर्वाचनका सम्पूर्ण व्यवस्थापकीय कार्यहरू अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो । सचिव राउतकाअनुसार यस निर्वाचनमा कुल
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनका लागि देशका १६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ । कुटनीतिक नियोगका प्रमुखहरू, संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संघसंस्थाका आवासीय प्रतिनिधिहरू तथा विकास साझेदारहरूलाई सम्बोधन गर्दै भण्डारीले निर्वाचनका लागि स्म्पूर्ण तयारी पूरा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले फागुन २१ गते हुने निर्वाचन राष्ट्रको स्वाधीनता र परिवर्तनको रक्षा गर्ने कडी भएको बताउनुभएको छ । बिहीवार पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उहाँले देशमा देखिएका दुई अतिवादी प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभएको हो । संयोजक
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेन–जी आन्दोलनबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन समयमै सार्वजनिक नगरिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । पत्रकार सम्मेलनका क्रममा बोल्दै उहाँले प्रतिवेदन बुझाउने समय पटक–पटक सार्दै अन्ततः चुनाव पछि प¥ुयाउने सरकारको रणनीति गलत भएको बताउनुभएको हो । दाहालले आयोगको काममा हुने ढिलासुस्ती
सुर्खेत । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी ५ वर्षलाई नेपालको इतिहासकै ‘स्वर्णिम काल’ बनाउने संकल्प व्यक्त गर्नुभएको छ । सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेसले अबको ५ वर्षमा देशको अवस्था बदल्ने र मुलुकलाई कुनैपनि प्रकारको राजनीतिक वा सामाजिक दुर्घटनामा पर्न नदिने प्रतिवद्धता जनाउनु भयो । मधेसदेखि
सुर्खेत । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले भदौ अन्तिम साताको जेन–जी आन्दोलनको सन्दर्भमा मुलुकमा दुई अतिवादी सोच देखापरेको टिप्पणी गर्नुभएको छ । बिहीवार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले रुकुमको समृद्धिका लागि ‘नयाँ सपना’ पूरा गर्न आफू तयार रहेको बताउनुभएको छ । चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विगतमा अधिकारका लागि लडिएको र अबको चरण पूर्ण रूपमा विकास र समृद्धिको हुने बताउनुभएको हो । उहाँले विगतमा ५०
काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएकाले मतदाता परिचयपत्र नहुँदा पनि मतदान गर्न पाउने स्पष्ट गरेको छ। निर्देशिका अनुसार परिचयपत्र नभए नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक देखाए मतदान गर्न सकिन्छ। यसबारे मतदानस्थलमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सरोकारवालालाई जानकारी गराउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ । विहीवार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर दुईको चुनावी अभियानलाई सम्बोधन गर्दै उहाँले फेसबुक, टिकटक र रिल्सजस्ता सामाजिक सञ्जालका सामग्रीको प्रभावमा नपर्न आग्रह गर्नुभएको हो । विशेषगरी युवापुस्तालाई लक्षित गर्दै