Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग


सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र पुगेको जानकारी दिएको छ । आयोगका मुद्रण अधिकृत बाबुराम कोईरालाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिकाअनुसार नै मतपत्र छपाई र ढुवानी कार्य सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिक निर्वाचनतर्फ दुई करोड ८ लाख ३० हजार र प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार गरी कुल चार करोड ११ लाख ५३ हजार मतपत्र छपाई गरी ढुवानी गरिएको हो । सबै मतपत्र १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सुरक्षित रूपमा पु¥याइसकिएको उहाँले बताउनु भयो । उहाँकाअनुसार आयोगले २०८२ माघ २९ गतेदेखि मतपत्र ढुवानी कार्य हवाई तथा स्थलमार्गबाट एकसाथ शुरु गरेको थियो । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश र वागमती प्रदेशमा क्रमशः मतपत्र ढुवानी गरिएको उहाँले जानकारी दिनुभयो । २०८२ पुस २२ गतेबाट मतपत्र छपाई कार्य शुरु गरी फागुन ५ गते छपाई सम्पन्न गरिएको आयोगले जनाएको छ ।

उहाँले भन्नुभयो, ‘२०८२ पुस २२ गतेवाट मतपत्र छपाई शुरु गरी २०८२ फागुन ५ गते निर्वाचन आयोगको कार्यतालिकाअनुसार मतपत्र छपाई सम्पन्न गरियो । २०८२ माघ २९ गतेबाट मतपत्र ढुवानी हवाई तथा स्थलमार्गबाट शुरु गरी कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी, लुम्बिनी, गण्डकी, मधेश र वागमती गरि सबै प्रदेशमा निर्वाचन आयोगको कार्ययोजनाअनुसार ढुवानी कार्यसम्पन्न गरिएको छ । समानुपातिकतर्फ दुई करोड ८ लाख ३० हजार र प्रत्यक्षतर्फको मतपत्र दुई करोड तीन लाख २३ हजार गरी जम्मा चार करोड ११ लाख ५३ हजार मतपत्र ढुवानी गरी १ सय ६५ वटै निर्वाचन क्षेत्रमा पु¥याईसकिएको छ ।’

आयोगले १० लाख ९८ हजार दुई सय नमूना मतपत्रको छपाई गरी मतदाता शिक्षाको लागि सबै निर्वाचन क्षेत्रमा पठाएको पनि जानकारी दिएको छ । आयोगले निर्वाचनको लागि आवश्यक पर्ने मतपत्र तथा नमूना मतपत्र जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा छपाई गरेको थियो ।


प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?