Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल


आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेन–जी आन्दोलनबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन समयमै सार्वजनिक नगरिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै उहाँले प्रतिवेदन बुझाउने समय पटक–पटक सार्दै अन्ततः चुनाव पछि प¥ुयाउने सरकारको रणनीति गलत भएको बताउनुभएको हो । दाहालले आयोगको काममा हुने ढिलासुस्ती र म्याद थपको प्रवृत्ति गलत भएको बताउनु भयो । उहाँकाअनुसार कामको चापले गर्दा एक वा दुई पटक समय सार्नु स्वभाविक भएपनि तेस्रो पटक पनि सार्नु र निर्वाचनको मुखमा पु¥याउनु नियोजित देखिन्छ । उहाँले दोषी जोसुकै भएपनि उनीहरूलाई कानूनी दायरामा ल्याउन ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो । प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गर्दा न्याय सम्पादनमा असर पर्ने र दोषीले उन्मुक्ति पाउने खतरा रहने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘आयोगको प्रतिवेदन समयमा नै आउनु पथ्र्यो । एक पटक सा¥यो, त्यो मान्न सकिने कुरा हो । गर्दागर्दै भ्याइएन होला । दुई पटक पनि मोटामोटी त्यस्तै प¥यो कि भन्न पनि सकिने हो । तर तीन पटक र अब अब लास्टमा चुनाव पछि भन्ने कुरा गलत भएको छ भन्ने हाम्रो धारणा छ । त्यो गलत भएको छ । दोषी ठहर गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनु पथ्र्यो जोसुकै भएपनि । यो ढिला सुस्ती गर्ने, समय सार्दै जाने र अझ चुनाव पछि पु¥याउने कुरा बिल्कुल सही भएको छैन ।’

महत्वपूर्ण घटनाहरूको छानबिनका लागि गठित आयोगहरूले समयमै प्रतिवेदन नबुझाउँदा जनतामा निराशा छाएको बेला उहाँको यो टिप्पणी आएको हो ।


प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?