Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव लड्छौँ’


दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव लड्छौँ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले फागुन २१ गते हुने निर्वाचन राष्ट्रको स्वाधीनता र परिवर्तनको रक्षा गर्ने कडी भएको बताउनुभएको छ ।

बिहीवार पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उहाँले देशमा देखिएका दुई अतिवादी प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभएको हो । संयोजक दाहालले वर्तमान निर्वाचन कुनै नियमित प्रक्रिया नभई देशको असहज परिस्थितिले निम्त्याएको निकास भएको बताउनु भयो । जेन–जी आन्दोलनका क्रममा भएका घटनाक्रम र देशको राजनीतिक उतारचढावलाई हेर्दा निर्वाचन नै तुलनात्मक रूपमा सहज विकल्प भएको उहाँको तर्क छ ।

‘सिङ्गै राष्ट्र निर्वाचन प्रक्रियामा संलग्न भइसकेको छ र अब निर्वाचन सुनिश्चित भएको छ ।’ उहाँले भन्नुभयो ।

दुई अतिवादी प्रवृत्तिको विश्लेषण

दाहालले नेपाली राजनीतिमा अहिले दुईवटा अतिवादी प्रवृत्ति सक्रिय रहेको दाबी गर्नुभयो । पहिलो, २३ गते युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा दमन गर्ने र हत्या गर्ने सरकारी अहंकारको प्रवृत्ति र दोस्रो, २४ गते आन्दोलनभित्र घुसपैठ गरी राष्ट्रिय धरोहर र पार्टी कार्यालयहरूमा आगजनी गर्ने विध्वंशकारी प्रवृत्ति रहेको बताउनु भयो । उहाँले यी दुवै प्रवृत्ति नेपाली जनता र राष्ट्रको हितमा नरहेको स्पष्ट पार्दै भन्नुभयो ।
‘हामी यी दुवै अतिवादका विरुद्ध राष्ट्रिय एकता र स्वाधीनताको पक्षमा छौँ ।’ उहाँले भन्नुभयो ।

गठबन्धनको भ्रम खारेजः ‘हामी आफ्नै खुट्टामा उभिन्छौँ’

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चामा रहेको ‘महा–गठबन्धन’को कुरालाई दाहालले पूर्ण रूपमा खारेज गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी कसैसँग समीकरणमा छैनौँ । कुनै गठबन्धन या सिट बाँडफाँडको छलफल भएको छैन । हामी आफ्नै एजेण्डा, आफ्नै शक्ति र जनताको बलमा निर्वाचनमा जाँदैछौँ ।’
उहाँले बाग्लुङमा जनमोर्चासँग भएको एउटा सिटको तालमेलबाहेक अन्यत्र कतै पनि तालमेल नभएको प्रष्ट पार्नुभयो ।

निर्वाचनको संवेदनशीलता र सुरक्षा निकायको भुमिका

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय, कर्मचारीतन्त्र र निर्वाचन आयोगको ठूलो जिम्मेवारी रहेको उहाँले औँल्याउनु भयो ।
‘यो निर्वाचन राष्ट्र बचाउने कि नबचाउने भन्ने अग्निपरीक्षा हो ।’ उहाँले भन्नुभयो, ‘सुरक्षा निकाय र कर्मचारीतन्त्रले कुनै आग्रह–पूर्वाग्रह नराखी राष्ट्रको हितलाई प्राथमिकता दिनुपर्छ ।’

पहिलो पार्टी बन्ने लक्ष्य र परिणामको स्वीकारोक्ति

संयोजक दाहालले नेपाली कम्युनिस्ट पार्टी पहिलो बन्ने लक्ष्यका साथ मैदानमा उत्रिएको बताउनु भयो । उहाँले प्रत्यक्षतर्फ ६०–७० सिट र समानुपातिकसहित ९०–१०० सिट ल्याएर पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो । यद्यपि, निर्वाचनको परिणाम जे आए पनि त्यसलाई स्वीकार गर्न आफूहरू प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘निर्वाचन प्रक्रियामा सामेल भइसकेपछि परिणाम जे आए पनि स्वीकार्न हामी प्रतिबद्ध छौँ ।’

मुख्य प्रतिष्पर्धा चार पक्षबीच

उहाँको विश्लेषणअनुसार यस पटकको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिष्पर्धा हुनेछ । कुनैपनि एक दलको स्पष्ट बहुमत आउने सम्भावना कम रहेको र फेरि पनि त्रिशंकु संसद बन्नसक्ने उहाँले आँकलन गर्नुभयो ।

आर्थिक समृद्धि र सुशासनको प्रतिवद्धता

संयोजक दाहालले कृषि, उद्योग, पर्यटन र ऊर्जा क्षेत्रमा गुणात्मक विकास गरी रोजगारी सिर्जना गर्ने आफ्नो पार्टीको मुख्य एजेण्डा रहेको बताउनु भयो । भ्रष्टाचार नियन्त्रण र सामाजिक विभेदको अन्त्यका लागि संविधान संशोधन र परिमार्जन गर्न निर्वाचनपछि आफ्नो पार्टीले नेतृत्वदायी भुमिका खेल्ने संकल्प समेत उहाँले व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?