११ वैशाख, काठमाडाैँ । सरकारले नेपालमै उत्पादन भएका यात्रीलगायत सवारी साधनको दर्ताका लागि कानुनी जटिलता सहजीकरणका लागि पहलकदमी लिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा उत्पादन भएका सवारीसाधन सञ्चालनमा देखिएको कानुनी जटिलता तत्काल समाधान गर्न पहल गरिने बताए । मन्त्री ज्वालाले आज मन्त्रालय मातहतका कर्मचारी र रोकारवाला
११ वैशाख, काठमाडाैँ । चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको मतगणना जारी रहँदा लामिछाने ११५५ मत सहित अघि लागेका हुन् । ६५५ मत सहित दोश्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले उनलाई पछ्याइरहेका छन् । त्यसैगरी,
११ वैशाख, काठमाडाैँ । प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल जारी रहेको छ । सोमबार दिउँसो सिंहदरबारमा तीन दलका शीर्ष नेतालगायत दलका प्रमुख सचेतहरुबीच छलफल सुरु भएको हो । बैठकमा समसामयीक राजनैतीक विषयमा छलफल हुने बताइएको छ । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा
११ वैशाख, चितवन । चितवन २ को प्रारम्भिक मतगणनामा नेकपा एमालेका रामप्रसाद न्याैपानले अग्रता लिएका छन् । मतगणना सुरू भएपछि पहिलो पटक दिइएको अपडेटमा ३७६ मत सहित न्याैपानेले अग्रता लिएका हुन् । त्यस्तै, दोश्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३१९ मत पाएका छन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ २४४
११ वैशाख, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् । तनहुँ १ मा उपनिर्वाचनको मतगणना जारी रहँदा वाग्ले १५ हजार १३५ मत सहित अघि बढेका हुन् । २९ हजार ८०२ मत गन्दा वाग्लेको पक्षमा आधा भन्दा बढी मत आएको छ । त्यसैगरी, नेपाली कांग्रेसमा गोविन्द
११ वैशाख, चितवन । चितवन २ मा मतगणना सुरू भएको छ । इच्छाकामना गाउँपालिकाबाट मतगणना गर्न सुरू गरिएको जानकारी दिइएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना गर्ने निर्णय गरेको भएता पनि करिब १ घण्टा ढिलो गरी मतगणना सुरू भएको हो । सर्वदलीय बैठकमा नेपाली कांग्रेसले
११ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् । सोमबार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता सभापति देउवाले
११ वैशाख, बारा । बारा १ को प्रारम्भिक मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । प्रारम्भिक चरणमा ६७० मत गन्दा यावदले २२४ मत ल्याएका छन् । त्यस्तै, जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहा १७० मत ल्याउँदा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत सहित तेश्रोमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले
११ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन असफल भएका छन् । प्रदेशसभाको आजको बैठकमा बिश्वासको मत मागेका मुख्यमन्त्री गिरीले आफ्नो पक्षमा ३३ मत मात्रै पाए हुन् । लुम्बिनी प्रदेशमा ८७ जना सदस्य छन् । बहुमत पाउनका लागि ४४ सांसदको आवश्यकता पर्नेमा गिरीको पक्षमा ३३ मत मात्रै
११ वैशाख, बारा । उपनिर्वाचन भएको बाराको क्षेत्र नम्बर १ मा मतगणना सुरू भएको छ । सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेता पनि करीब डेढ घण्टा ढिलो मतगणना सुरू भएको हो । बारामा जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार