Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

नेपाली कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गर्दै


काठमाडौं। देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्न लागेको छ । उक्त पार्टीका सबै तहले प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएकाले प्रदेश संरचनाको पनि सम्मेलन हुन लागेको हो भने सात प्रदेशमा सबै भन्दा अघि लुम्बिनी प्रदेशले सम्मेलन गर्न लागेको छ ।

उक्त सम्मेलनको उद्धघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् । सम्मेलनमा पार्टीका शीर्ष तहका नेताहरुलाई आमन्त्रण गरिएको छ भने उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सम्मेलनमा बोलाइएको छ । सो प्रदेश कार्यसमितिले मंसिरको १६ र १७ गतेका लागि सम्मेलनको मिति तोकेको छ भने लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्र बुटवलमा सम्मेलन राखिएको छ । सो सम्मेलनको पहिलो दिन उदघाटन र दोस्रो दिन बन्द सत्र हुने कार्यतालिको रहेको छ । त्यस्तै आर्थिक, सांगठनिक, राजनीतिक प्रतिवेदन समेत पेश हुनेछ ।

त्यस्तै, उपसभापति भुवन श्रेष्ठले राजनीतिक, सांगठनिक महामन्त्री विक्रम खनाल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रंकाश रानाले पेश सहमहामन्त्री निमा गिरीले जानकारी दिएकि छन् । सो सम्मेलनमा लुम्बिनी प्रदेशका ५०० बढी प्रतिनिधि सहभागी हुनेछन् ।

 


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?