Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

कांग्रेसले बनाएको अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा


काठमाडौं। नेपाली कांग्रेसले रुकुम (पश्चिम) को सानो भेरी गाउँपालिका-४ पुरानो गाउँमा गौनी विकको घरबाट सुरुआत गरेको ३ स्थानमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

‘जाजरकोट भूकम्प’ बाट प्रभावित बस्तीहरूमा एक हजार अस्थायी आवास ‘घर-टहरा’ निर्माण गर्ने अभियान अन्तर्गत काँग्रेसले रुकुम पश्चिम र जाजरकोटका विभिन्न बस्तीमा निर्माणको काम गरिरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताएका छन् । रुकुम पश्चिममा काँग्रेसका केन्द्रीय सदस्यद्वय मानबहादुर नेपाली र गुरु बराल, कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय, जिल्ला सभापति प्रेमप्रकाश ओली, युवा नेता शिव आचार्य लगायतका नेता तथा पार्टी सदस्यहरूले खटिएका छन् ।

त्यस्तै, दुःखको यो बेलामा योगदान गर्नको लागि थप क्रियाशील भई निरन्तर लागि लाग्न कांग्रेसले पार्टी पङ्क्तिलाई आह्वान गरेको छ ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?