Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

राजावादी शक्ति अहिलेको समस्याको विकल्प हुन सक्दैन : चित्रबहादुर केसी


काठमाडौं। राष्ट्रिय जनमोर्चाले गणतन्त्र र धर्म निरपेक्षतालाई चुनौती दिने शक्ति अहिलेको समस्याको विकल्प हुन नसक्ने बताएको छ ।

देशमा कुशासन र भ्रष्टाचारले नागरिकको जीवनस्तर खस्किएको, अर्थतन्त्र संकट देखिएको र बेरोजगारी बढेको राजमोको निष्कर्ष छ,तर यो समस्या समाधानको उपाय गणतन्त्र र धर्म निरपेक्षतालाई चुनौतै दिने शक्तिसँग नरहेको अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् । ‘प्रतिगामी शक्तिहरूले जनतामा बढ्दै गइरहेको असन्तोषको फाइदा उठाएर जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त मात्र गर्ने छन् र देशलाई अँध्यारो युगतिर फर्काउने छन्’, केसीले मंगलबार विज्ञप्तिमार्फत भनेका छन् ।

‘गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि प्रतिगामीहरूले चलाइरहेको त्यस प्रकारको अभियानलाई भारतको कट्टरपन्थी हिन्दुवादी शासकवर्गले पनि प्रोत्साहित गर्दै आएको छ’, केसीले भनेका छन् । अहिलेको समस्या समाधानको उपाय भनेको कुशासन र भ्रष्टाचारको अन्त्य गरी सुशासन र सुदृढ गणतान्त्रिक व्यवस्था स्थापना नै हुने केसीको भनाइ रहेको छ भने ७ मंसिरमा राजतन्त्रको पक्षमा भएको प्रदर्शनले अहिले पनि मुलुकमा प्रतिगमनको प्रयत्न भइरहेको पुष्टि हुने राजमोको निष्कर्ष छ ।

यो अवस्थामा सबै लोकतन्त्रवादी तथा वामपन्थी शक्तिहरू एक हुनुपर्ने भन्दै केसीले प्रतिगमनको प्रयत्नलाई असफल पारेर जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्नुपर्ने समेत बताएका छन् ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?