Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

राजनिति


वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्नः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालसँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीसँग आज भएको छलफलमा उनले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि

राष्ट्रपति पौडेलसँग आयरल्याण्डको सभाअध्यक्ष बुट्टीमेरको भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको र त्यसले लोकतन्त्र, समावेशीकरण एवं सङ्घीयतालाई संस्थागत गर्न योगदान पुर्याउनेमा नेपाली जनता विश्वस्त रहेको बताएका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ । बिहीबार रास्वपा पार्टी कार्यालय वनस्थलीमा पुगेर सभापति लामिछानेलाई राजदूत सोङ्ले भेट गरेका हुन् । उक्त भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, प्रतिनिधि सभा सदस्य तथा पार्टीको

कम्युनिस्टहरू तत्काल एक हुने अवस्था छैन: माधव नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्टहरू तत्काल एक हुने अवस्था नरहेको बताएका छन्। त्यस्तै, राजनीतिमा गलत विचार र प्रवृत्ति बोकेकासँग आफूहरू जुध्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर पार्टीलाई अघि बढाउने उल्लेख गर्दै उनले भने, ‘सबै कम्युनिष्ट मिलुन् भनेर चाहना राखेर मात्र हुँदैन।’

कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाले गर्‍यो स्थानीय सरकारसँग छलफल

लुम्बिनी। लुम्बिनी प्रदेशसभाले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणका विषयमा छलफल थालेको छ । प्रदेशसभाले प्रदेशअन्तर्गतका स्थानीय पालिकाका जनप्रतिनिधि र प्रशासनिक नेतृत्वसँग कानुन निर्माण र सभा सञ्चालनका विषयमा छलफल थालेको हो । उक्त प्रदेशसभाले बुधबार बुटवलमा रुपन्देहीका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग कानुन निर्माण तथा सभा सञ्चालनसम्बन्धी अन्तक्रिया आयोजना गरेको छ

प्राधिकरणका अध्यक्ष खनालको पाँच अनियमितता जसले राजीनामा सम्म पुर्‍यायो

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले जडान गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमस) खरिदमा दर्जनौँ अनियमितता भेटिएका छन् । त्यस्तै, चोरी र भन्सार छली गरेर ल्याइएको मोबाइलहरूमाथि स्वचालित रूपमा प्रतिबन्ध लगाउने प्रयोजनले नेपाल दूरसञ्चार प्राधिकरणले जडान गर्ने सो सिस्टम खरिदमा अनियमितता भेटिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको प्राविधिक पक्षसहितको

राष्ट्रपति पौडेल र सार्क महासचिव सरवरबीच शिष्टाचार भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवरले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा आज अपराह्न भएको भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरू बीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण प्रतिबद्ध

कांग्रेसले भनेको समाजवाद काल्पनिक होः माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादको मान्यता साझा भए पनि नेपाली कांग्रेसले अघि सारेको समाजवाद काल्पनिक पुँजीवादी र उदारवादी भएको बताएका छन् । बुधवार पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले भनेको समाजवादले मात्रै गरिब र उत्पीडनमा परेका वर्गलाई

सुदूरपश्चिम प्रदेश सभाका चारवटा समितिका सभापतिद्वारा शपथ ग्रहण

काठमाडौं। सुदूरपश्चिम प्रदेश सभाका चारवटा समितिका सभापतिले शपथग्रहण गरेका छन् । उक्त प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले आज एक कार्यक्रमकाबीच चारै जना सभापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । त्यस्तै, चारै जना सभापति निर्विरोध निर्वाचित भएका हुन्। मंगलबार सभापति पदमा मनोनयन गरेका चारै जना आजै निर्विरोध भएका थिए।

दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामर्थ्य निर्माण गर्नुपर्छः महासचिव पोख्रेल

गुल्मी। नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले जनताले रोजेको पार्टी सहज ढङ्गले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने बताएका छन् । एमाले जिल्ला कमिटीद्वारा आज आयोजित जिल्ला प्रशिक्षण कार्यक्रममा उनले देशमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता बढ्दै गएको बताए। महासचिव पोख्रेलले लोकतन्त्रप्रति जनतामा अनास्था पैदा हुँदै गएको भन्दै

सम्वन्धित समाचारहरु