Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सुदूरपश्चिम प्रदेश सभाका चारवटा समितिका सभापतिद्वारा शपथ ग्रहण


काठमाडौं। सुदूरपश्चिम प्रदेश सभाका चारवटा समितिका सभापतिले शपथग्रहण गरेका छन् । उक्त प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले आज एक कार्यक्रमकाबीच चारै जना सभापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

त्यस्तै, चारै जना सभापति निर्विरोध निर्वाचित भएका हुन्। मंगलबार सभापति पदमा मनोनयन गरेका चारै जना आजै निर्विरोध भएका थिए। निर्विरोध निर्वाचित हुनेमा विधायन तथा प्रदेश मामिला समितिमा कांग्रेसका दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा एमाले का वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकासमा (एकीकृत समाजवादी) का माया पन्त रहेका छन्।

माओवादी केन्द्रले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाबीच भएको छ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?