Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सुदूरपश्चिम प्रदेश सभाका चारवटा समितिका सभापतिद्वारा शपथ ग्रहण


काठमाडौं। सुदूरपश्चिम प्रदेश सभाका चारवटा समितिका सभापतिले शपथग्रहण गरेका छन् । उक्त प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले आज एक कार्यक्रमकाबीच चारै जना सभापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

त्यस्तै, चारै जना सभापति निर्विरोध निर्वाचित भएका हुन्। मंगलबार सभापति पदमा मनोनयन गरेका चारै जना आजै निर्विरोध भएका थिए। निर्विरोध निर्वाचित हुनेमा विधायन तथा प्रदेश मामिला समितिमा कांग्रेसका दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा एमाले का वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकासमा (एकीकृत समाजवादी) का माया पन्त रहेका छन्।

माओवादी केन्द्रले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाबीच भएको छ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?