Trending
>>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

कांग्रेसले भनेको समाजवाद काल्पनिक होः माधव नेपाल


काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादको मान्यता साझा भए पनि नेपाली कांग्रेसले अघि सारेको समाजवाद काल्पनिक पुँजीवादी र उदारवादी भएको बताएका छन् ।

बुधवार पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले भनेको समाजवादले मात्रै गरिब र उत्पीडनमा परेका वर्गलाई उत्थान गर्ने समेत बताएका छन् ।

‘कांग्रेसको समाजवाद काल्पनिक, पुँजीवादी र उदारवादी छ । हाम्रो समाजवाद क्रान्तिकारी, वैज्ञानिक समाजवाद हो’, उनले भने, ‘यसले गरिब, दिन दुःखी, अन्याय अत्याचार, शोषण र उत्पीडनमा परेकाहरूको उद्धार गर्छ’, अध्यक्ष नेपालको भनाइ रहेको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले नेपालको राजनीतिमा अहिले सबभन्दा खतरनाक प्रवृत्ति (प्रतिगामी) हरुले टाउको उठाएको बताए । ‘इतिहासको रथलाई पछाडि धकेल्ने, राजालाई फर्काएर ल्याउने’, अध्यक्ष नेपालले भने, ‘राजा ल्याउँदा देशले के पाउँछ ? हिजो हामीले किन फाल्यौ । यसबारेमा राम्ररी चिन्तन गर्नुभयो भने बुझ्नुहुन्छ ।’

उनले हिजो राजा नभए राष्ट्रियता कमजोर हुन्छ भन्ने समय भए पनि अहिले त्यो अवस्था नरहेको बताएका छन् भने कम्युनिस्ट पार्टीले मात्र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने दाबी समेत गरेका छन् ।

उनले राजतन्त्र फर्केर आउने किसिमको गतिविधिप्रति सतर्क हुँदै चुनौतीको सामना गर्न सक्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?