Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

कांग्रेसले भनेको समाजवाद काल्पनिक होः माधव नेपाल


काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादको मान्यता साझा भए पनि नेपाली कांग्रेसले अघि सारेको समाजवाद काल्पनिक पुँजीवादी र उदारवादी भएको बताएका छन् ।

बुधवार पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले भनेको समाजवादले मात्रै गरिब र उत्पीडनमा परेका वर्गलाई उत्थान गर्ने समेत बताएका छन् ।

‘कांग्रेसको समाजवाद काल्पनिक, पुँजीवादी र उदारवादी छ । हाम्रो समाजवाद क्रान्तिकारी, वैज्ञानिक समाजवाद हो’, उनले भने, ‘यसले गरिब, दिन दुःखी, अन्याय अत्याचार, शोषण र उत्पीडनमा परेकाहरूको उद्धार गर्छ’, अध्यक्ष नेपालको भनाइ रहेको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले नेपालको राजनीतिमा अहिले सबभन्दा खतरनाक प्रवृत्ति (प्रतिगामी) हरुले टाउको उठाएको बताए । ‘इतिहासको रथलाई पछाडि धकेल्ने, राजालाई फर्काएर ल्याउने’, अध्यक्ष नेपालले भने, ‘राजा ल्याउँदा देशले के पाउँछ ? हिजो हामीले किन फाल्यौ । यसबारेमा राम्ररी चिन्तन गर्नुभयो भने बुझ्नुहुन्छ ।’

उनले हिजो राजा नभए राष्ट्रियता कमजोर हुन्छ भन्ने समय भए पनि अहिले त्यो अवस्था नरहेको बताएका छन् भने कम्युनिस्ट पार्टीले मात्र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने दाबी समेत गरेका छन् ।

उनले राजतन्त्र फर्केर आउने किसिमको गतिविधिप्रति सतर्क हुँदै चुनौतीको सामना गर्न सक्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?