Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामर्थ्य निर्माण गर्नुपर्छः महासचिव पोख्रेल


गुल्मी। नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले जनताले रोजेको पार्टी सहज ढङ्गले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने बताएका छन् ।

एमाले जिल्ला कमिटीद्वारा आज आयोजित जिल्ला प्रशिक्षण कार्यक्रममा उनले देशमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता बढ्दै गएको बताए। महासचिव पोख्रेलले लोकतन्त्रप्रति जनतामा अनास्था पैदा हुँदै गएको भन्दै दलहरुले लोकतन्त्रको कमजोरीलाई सच्याउने सामथ्र्य निर्माण गर्नुपर्नेमा जोड समेत दिएका छन् ।

नेपालको राजनीतिमा राष्ट्र विरोधी र अराजक शक्ति हाबी हुन नदिन सबै मिलेर मुलुकलाई विकास तथा सम्वृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उनले बताए । उक्त पार्टी प्रशिक्षण कार्यक्रममा उनले प्रशिक्षण राजनीतिक र सैद्धान्तिक विषयमा मात्र नभइ अब विकास र राजनीतिका प्रश्नमा पनि अगुवा बनेर आफूलाई प्रस्तुत गर्न नेता तथा कार्यकर्तालाई निर्देशन गरे ।

त्यस्तै, तीन दिनसम्म सञ्चालन हुने उक्त जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य सूर्य थापा, रचना खड्का, दिनेश पन्थी, नेता राजेन्द्र अर्याललगायतका नेताको सहभागिता रहेको जिल्ला अध्यक्ष वालसिंङ काउछाले जानकारी दिएका छन् ।

उनले विकास गाउँतिर उकालो लाग्दै गर्दा नागरिक तलतिर झर्ने क्रम बढ्दै गइरहेकामा चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न एमालेले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताए ।

 


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?