Trending
>>   सावेल प्रहारबाट एकको मृत्यु >>   सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछः स्वास्थ्यमन्त्री पौडेल >>   नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो >>   क्याम्पस प्रमुख हरिभूषण हत्याको मुख्य आरोपी नेपाली सेनाका भगौडा रहेको खुलासा >>   सिरिया–लेबनान सीमामा यातायात सुचारु >>   इजिप्टका राष्ट्रपति र कतारी प्रधानमन्त्रीबीच भेट >>   गाजामा युद्धविराममा सहयोग गर्न तयार छौँः हमास >>   स्पेनमा गोदाम विस्फोटमा ३ जनाको मृत्यु >>   क्षेत्रीय जल चुनौतीहरू सम्बोधन गर्न जोर्डनमा अरब जल सम्मेलन >>   ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग
Logo
१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

राजनिति


दलहरूले समर्थन फिर्ता नलिएसम्म प्रधानमन्त्रीले राजीनामा नदिने !

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएसम्म प्रधानमन्त्रीले कुनै पनि कदम नचाल्ने बताइएको छ। स्रोतका अनुसार सरकारमा रहेका दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने अथवा ३० दिनभित्रमा विश्वासको मत लिने भन्ने प्रक्रिया अगाडि बढ्ने बताए ।

एमाले सचिवालय बैठक बस्दै, कांग्रेससँगको समीकरणबारे छलफल हुने

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । नेकपा माओवादी केन्द्रसँगको सहकार्य तोडेर नेपाली कांग्रेससँग नयाँ समीकरणका लागि गएराति सहमति भएसँगै पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बालेनको ब्यङ्ग-‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले’

काठमाडौँ । काँग्रेस र एमालेको गठबन्धनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले ‘काले काले मिलेर खाउँ भाले’ भन्दै ब्यङ्ग गरेका छन् । मङ्गलवार(आज) बिहान साहले ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले’ भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका हुन् । उनले कमेन्टमा आफ्नो स्ट्याटसलाई थप प्रष्ट्याउँदै गिरिबन्धुको फाइल खोल्ने

प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न सुझाव,एमालेका मन्त्रीहरूले राजीनामा दिँदै

काठमाडौं । नयाँ सत्ता सहकार्यका लागि नेपाली कांग्रेससँग सहमति गरेसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । सरकारबाट बाहिरिने तयारी संगै मन्त्रीहरूले राजीनामा बुझाउने गरी तयारी भइरहेको बताइएको छ। प्रचण्ड सरकारमा उपप्रधा तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।

रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। सत्ता फेरबदलको तयारीपछि रास्वपाले अबको रणनीति स्वरूप बैठक बोलाएको हो। सत्तामा रहेको रास्वपालाई बाहिर राखेर एमाले र काँग्रेसले नयाँ सरकार बनाउने सहमति गरेका छन्।

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

देउवा निवासमा पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दै छ । कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको थियो । यद्यपि समझदारीलाई अन्तिम रुप दिन भने बाँकी छ । दुई दलका नेताहरुबीच मध्यरातसम्म भएको छलफलमा एमाले अध्यक्ष केपी

के के छ कांग्रेस -एमाले समझदारीको प्रारम्भिक मस्यौदामा ?

काठमाडौँ। नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको छ। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको छ । कांग्रेस-एमाले समझदारीको प्रारम्भिक मस्यौदा १, एमाले अध्यक्ष के पी ओली दुई वर्ष प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री

प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन

काठमाडौँ। `प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को आज उद्घाटन गरेका छन् । प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासङ्घको संयुक्त आयोजना आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन

ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव-एमालेको सकारात्मक प्रतिक्रिया

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटकसम्म भएको बैठकले नयाँ सत्ता समीकरणको सम्भावना बढेर गएको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार भएको र त्यसमा एमालेको सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको हो । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा

सम्वन्धित समाचारहरु