Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल


काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एमाले बाहेकको समीकरण अन्य प्रदेशहरुमा पनि बनाउनुपर्ने बताएका छन् ।

शनिवार जनकपुर धाममा सम्पन्न एकता सभालाई सम्बोधन गर्दै उनले मधेसमा काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी तथा मधेस केन्द्रित दलहरुबीच समिकरण बनेर नयाँ समिकरण बनेको र अब यस्तै समिकरणको शुरुवात अन्य प्रदेशहरुमा पनि बन्ने विश्वास व्यक्त गरेका छन् । कम्युनिष्टहरुबीचको एकता प्रकृयालाई जारी राख्ने बताउदै दाहालले एमालेमा आवद्ध नेताहरुलाई समेत एकतामा शामिल हुन आह्वान गरेका छन् ।

उनले भने,‘यो एकता प्रकृया नेकपा माले, मसाल हुँदादेखिको योजना रहेको र अहिले पनि एमाले पार्टीमा रहेका देशभक्त कम्युनिष्टहरुलाई नेकपामा शामिल हुन आह्वान गर्न चाहन्छु ।’

उनले शक्तिशाली नेपाली कम्युनिष्ट पार्टीले नै मुलुकलाई समृद्ध बनाउने बताउदै नेपाली कम्युनिष्ट पार्टीले जनकपुरधाममा एकताको सन्देशसभा सम्पन्न गरेको छ ।


प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?