Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्‍योः उपसभामुख राना


काठमाडौँ। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौति गरेको भन्दै आपत्ति जनाएकी छिन्।

संसद सेवा दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खर्च कटौति गरेर मुलुक बन्दैन भन्नेकुरा सरकारलाई थाहा हुनुपर्ने समेत बताएकी छिन् । उपसभामुख रानाले सरकारले भ्रष्टाचार अन्त्य गरेर मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्नेमा खर्च कटौति गरेर गल्ती गरेको बताएकी छिन् । उनले संसद सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण, तालिमलगायतका काम गर्न पनि सरकारले नदिने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् ।

उपसभामुख रानाले भनिन्,‘मलाई डर लाग्दैन अहिलेको सरकारले लोकप्रिय हुने नाममा खर्च कटौति भनेर के के कटौति ग¥यौं । त्यो कुरा सरकारलाई थाहा छ–खर्च कटौति गरेर देश बन्दैन । खर्च करप्शन भएको ठाउँमा कटाउने हो । जहाँ चुहावट छ, त्यहाँ बन्द गर्ने हो । जहाँ काम भईरहेको छ, त्यहाँ कामै रोकियो भने के गर्ने ? काम कसरी हुन्छ, देश कसरी बन्छ ? खर्च कटाएर, पैसा कटाएर हुँदैन । यहाँ संसद सचिवालयका कर्मचारीहरुलाई याक्टिभ गराउनुप¥यो । टे«निङ दिनुप¥यो । मैले सुन्छु– सेमिनर गर्न नपाउने रे होटलमा, यो गर्न नपाउने रे ।’

उपसभामुख रानाले सरकारले व्यवस्थापिकालाई निचोर्ने काम मात्रै गरिरहेको आफूलाई अनुभुुति हुने गरेको समेत बताएकी छिन् ।


प्रकाशित मिति: २१ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?