काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपालका पदाधिकारीको तेस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै उनले झुठो प्रचार रोक्ने र जनतालाई सही सूचना दिने सञ्चार क्षेत्रको महत्वपूर्ण जिम्मेवारी भएको बताए । पछिल्लो
काठमाडौं। नेपाली कांग्रेसले विभिन्न विषयमा निर्णय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक २०८० मंसिर २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बस्ने गरी बोलाइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध
काठमाडौं। सात वर्षअघि प्रमुख प्रतिपक्षमै भएका बेला झापाको काँकरभिट्टाबाट कञ्चनपुरको महेन्द्रनगरसम्म मेची–महाकाली अभियान सञ्चालन गरेको नेकपा (एमाले) अहिले मध्यपहाडी क्षेत्रलाई केन्द्रित गरेर सुदूरपश्चिमबाट पूर्वतिरको यात्रामा लागिरहेको छ । राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी बैतडीको झुलाघाटबाट सुरु भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित एमालेले ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज बागमती प्रदेशमा कार्यक्रम सक्दै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक आज दिउँसो बस्दै छ । रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीले आज पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने जानकारी दिएका छन् । उनले उक्त बैठकमा संसदीय दलको विधान र संसद्को आगामी अविधेशनबारे छलफल हुने बताए ।“आज अपरान्ह चार बजे संसदीय दलको बैठक
काठमाडौं। उपसभामुख इन्दिरा राना मगरले महिलाहरूलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको बताएकी छन् । लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सबै महिलाहरूलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको भन्दै सरकारले राजनैतिक रूपमा निर्वाचनमा पनि महिलालाई लगानी गर्नुपर्ने बताएकि छन् । उनले भनिन्, ‘यसपालिको नारी दिवसमा महिलाहरूलाई डिजिटल टेक्नोलोजीमा पहुँच
काठमाडौं। नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा दोस्रो चरणको आवास निर्माण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंसिर २६ गतेदेखि पुस ६ गतेसम्म भूकम्प प्रभावितका लागि दोस्रो चरणको अस्थायी घर टहरा निर्माण गर्ने कार्यक्रम रहेको जनाइएको छ । महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण
काठमाडौं। सङ्घीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका छन् । उक्त सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार महासचिव डा. गौतमले घरायसी कारणले आइतबार महासचिव पदबाट राजीनामा दिएका हुन् । त्यसैगरी, महासचिव डा. गौतम विसं २०५१ मा सेवामा प्रवेश गरेका थिए भने विसं २०७७ वैशाख २२ गते
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्वराजा ज्ञानेन्द्र शाहको स्वीस बैंकमा पैसा राखेको पुष्टि गर्न चुनौती दिएका छन् । राप्रपा कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले आरोपको पुष्टि लगाए आफूसँगै हिँड्ने बताएका छन् । उनले भने, ‘प्रचण्ड’जीले भन्ने गर्थे राजाको
काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेको छ । एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसैगरी, माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डा नजिक पुगे पनि कसले कति पाउनेमा
चितवन। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा सरकार लागेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद्मा संशोधनका विषयमा छलफल भइरहेको बताएका छन् । त्यसैगरी, चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले गर्दा नेपालमा मेडिकल शिक्षा जुन ढङ्गले अघि बढ्नुपर्ने हो त्यो ढङ्गले अघि बढ्न नसकेको