काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक आज दिउँसो बस्दै छ । रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीले आज पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने जानकारी दिएका छन् ।
उनले उक्त बैठकमा संसदीय दलको विधान र संसद्को आगामी अविधेशनबारे छलफल हुने बताए ।“आज अपरान्ह चार बजे संसदीय दलको बैठक बस्ने तय भएको छ ।
उक्त संसदीय दलको विधान र संसदको आगामी अधिवेशनलगायत विविध विषय बैठकको एजेन्डा छन्”, सचेतक डाँगीले भने ।