Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

दरबार हत्या काण्डको छानबिन गरी पूर्वराजालाई जेल हाल्न ‘प्रचण्ड’लाई चुनौती


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्वराजा ज्ञानेन्द्र शाहको स्वीस बैंकमा पैसा राखेको पुष्टि गर्न चुनौती दिएका छन् । राप्रपा कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले आरोपको पुष्टि लगाए आफूसँगै हिँड्ने बताएका छन् ।

उनले भने, ‘प्रचण्ड’जीले भन्ने गर्थे राजाको सम्पत्ति स्वीजरल्याण्डमा छ । ल्याएर घरघरमा बाँड्थ्यौँ भन्नुहुन्थ्यो । तपाईँलाई खुला चुनौती हो म तपाईँलाई सहयोग गर्छु । राजाले दरबार छाडेको १६ वर्ष भयो सम्पत्ति कहाँ छ स्वीजरल्याण्डबाट पैसा ल्याएर बाँड्दिनुस् म तपाईँसँगै हिँड्छु । जनतालाई भ्रमित पारेर । आज यिनीहरूको सम्पत्ति स्वीजरल्याण्डमा लगेर राखेका छन् ।

त्यसैगरी, उनले प्रचण्डलाई दरबार हत्या काण्डको छानबिन गरेर पूर्वराजालाई जेल हाल्न चुनौती दिएका छन् भने राजसंस्था र हिन्दु राज्य जनताले नफालेको दाबी समेत गरेका छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?