Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सबै महिलालाई डिजिटल प्रविधिमा जोड्न आवश्यक छ : उपसभामुख मगर


काठमाडौं। उपसभामुख इन्दिरा राना मगरले महिलाहरूलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको बताएकी छन् । लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सबै महिलाहरूलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको भन्दै सरकारले राजनैतिक रूपमा निर्वाचनमा पनि महिलालाई लगानी गर्नुपर्ने बताएकि छन् ।

उनले भनिन्, ‘यसपालिको नारी दिवसमा महिलाहरूलाई डिजिटल टेक्नोलोजीमा पहुँच भनेका छौँ । त्यो पहाडको कुना कुनामा पुग्नुपर्‍यो । हरेक विकट ठाउँमा रहेका महिलाहरूलाई पहुँच पुर्‍याउन सरकारले व्यवस्था गर्नुपर्छ । महिलालाई सरकारले लगानी गर्नुपर्छ । राजनैतिक रूपमा निर्वाचनमा पनि महिलालाई लगानी गर्नुपर्छ ।’

उनले महिला हिंसासँग सम्बन्धित धेरै कानुनहरू बनेको भए पनि अहिलेसम्म एउटा पनि कार्यान्वयन हुन नसकेको गुनासो गरिन् । उनले भनिन्, ‘सरकार भनेको सम्पूर्ण जनता हो । सबै क्षेत्र सरकार हो । महिला हिंसा सम्बन्धी धेरै कानुन बनेका छन् तर एउटा पनि कार्यान्वयन भएको छैन । आज पनि हामीले चुप लागेर बस्ने हुँदैन भने हरेक क्षेत्रबाट आवाज बुलन्द रूपमा उठाउनुपर्छ ।’

उक्त उपसभामुख मगरले बालबालिकाको क्षेत्रमा बाल संरक्षणका कुनै राम्रो नीतिहरू र विधेयक बन्न नसक्नु दुखद कुरा भएको बताएकि छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?