Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सबै महिलालाई डिजिटल प्रविधिमा जोड्न आवश्यक छ : उपसभामुख मगर


काठमाडौं। उपसभामुख इन्दिरा राना मगरले महिलाहरूलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको बताएकी छन् । लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सबै महिलाहरूलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको भन्दै सरकारले राजनैतिक रूपमा निर्वाचनमा पनि महिलालाई लगानी गर्नुपर्ने बताएकि छन् ।

उनले भनिन्, ‘यसपालिको नारी दिवसमा महिलाहरूलाई डिजिटल टेक्नोलोजीमा पहुँच भनेका छौँ । त्यो पहाडको कुना कुनामा पुग्नुपर्‍यो । हरेक विकट ठाउँमा रहेका महिलाहरूलाई पहुँच पुर्‍याउन सरकारले व्यवस्था गर्नुपर्छ । महिलालाई सरकारले लगानी गर्नुपर्छ । राजनैतिक रूपमा निर्वाचनमा पनि महिलालाई लगानी गर्नुपर्छ ।’

उनले महिला हिंसासँग सम्बन्धित धेरै कानुनहरू बनेको भए पनि अहिलेसम्म एउटा पनि कार्यान्वयन हुन नसकेको गुनासो गरिन् । उनले भनिन्, ‘सरकार भनेको सम्पूर्ण जनता हो । सबै क्षेत्र सरकार हो । महिला हिंसा सम्बन्धी धेरै कानुन बनेका छन् तर एउटा पनि कार्यान्वयन भएको छैन । आज पनि हामीले चुप लागेर बस्ने हुँदैन भने हरेक क्षेत्रबाट आवाज बुलन्द रूपमा उठाउनुपर्छ ।’

उक्त उपसभामुख मगरले बालबालिकाको क्षेत्रमा बाल संरक्षणका कुनै राम्रो नीतिहरू र विधेयक बन्न नसक्नु दुखद कुरा भएको बताएकि छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?