काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ । मंगलवार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदन पेश गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रतिवेदनमा आयोगले एक वर्षको गरेको काम
काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपालमै विद्युत खपत गर्न सक्नुपर्नै बताएका छन् । फोटो पत्रकार क्लवको मंगलवारबाट काठमाडौंको कला परिषद्मा शुरु भएको पावरिङ—नेपालः उर्जा क्षेत्रमा एशियाली विकास बैंक(एडिबी)—नेपाल साझेदारीको पाँच दशक विषयक फोटो प्रदर्शनीको उद्घाट गर्दै उनले यस्तो बताएका हुन् । राज्यमन्त्री तामाङले नेपालमा उत्पादित विद्युत
काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकतालाई हेरेर मात्रै कानूनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । मंगलवार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले संसद कानून बनाउने थलो भएपनि वर्तमान संसदले कानून बनाउन नसकेको स्वीकार गरे ।
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने अधिकांश कानूनहरु निर्माण भइसकेको बताएका छन् । मंगलवार कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरुको प्रभावकारीता लगायतका सम्बन्धमा संसदीय समितिका सभापतिहरु, सभामुख र उपसभामुखको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपालको संविधान, २०७२ जारी भइसकेपछि
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलवार अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले आउँदो आर्थिक वर्षको बजेटमा
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक रहेको बताए । सोमवार राति निर्माण भइरहेको विमानस्थलको रनवे र ट्याक्सी वेको स्थलगत अनुगमनपछि उहाँले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले विमानस्थल निर्माण कार्य तिब्र गतिमा भइरहेकाले समय भन्दा अगावै सम्पन्न हुने बताए । उनले
काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देवीदत्त आचार्यले राज्यले प्रदान गर्दै आएको अपाङ्गता भएका व्यक्तिहरुको हक र अधिकारबाट अझै पनि ग्रामिण र दुर्गम भेगका नागरिक वञ्चित रहेको बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमावार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष आचार्यले अपाङ्गता भएका
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । तीन दिने चीन भ्रमणमा सोमवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन प्रस्थान गरेका हुन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमवार चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू
सप्तरी ।सप्तरीको डाक्नेश्वरी-१ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार धिरेन्द्र कुमार साह छ सय ५२ मत सहित निर्वाचित भएका छन् । वडा अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार साहले छ सय ५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भुलिया देवी चौधरीले पाँच सय ८७ मत प्राप्त
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा रास्वपा की रोजिना श्रेष्ठ एक हजार ५८४ मत सहित निर्वाचित भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवेन्द्र पाठकले एक हजार ३०४ मत प्राप्त गरे भने नेकपा (एमाले) का लक्ष्मी रत्न तुलाधरले एक हजार ११८ मत प्राप्त गरेका छन् । स्थानीय