निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ । दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शहीदका अधुरा सपना पूरा गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । आज यहाँ आयोजित पत्रकारहरूसँगको अन्तरक्रियात्मक कार्यक्रममा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शहीदहरूको आकाङ्क्षा पूरा गर्ने आमसञ्चारमाध्यमले विशेष भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्र र जनताको उन्नतिका लागि जीवन अर्पण गर्ने शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछु ।
बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज यहाँ पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेशप्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नेपाललाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । नेपालले प्रदेशप्रमुखको कार्यालय बागमतीमा आयोजित एक समारोहबीच मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा
सिन्धुपाल्चोक : नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवंम सासद मोहन बहादुर बस्नेतले शैक्षिक क्षेत्रलाई सुधार गर्दै गुणस्तर शिक्षा प्रदान गर्नुपर्ने बताए। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङमा रहेको सरस्वती शंकर माध्यमिक बिद्यालयको आठ कोठे भवन उद्घाटन गर्न पुहेका उनले शैक्षिक क्षेत्रको बिकास अपरिहार्य रहेको बताए। अहिले २१ औं शताब्दी र टेक्नोलोजीको जमाना
काठमाडौँ ः काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्र वैङ्कका गभर्नर महाप्रसाद अधिकारी विच सहकारी क्षेत्रको वित्तिय व्यवस्थापनका विषयमा कुराकानी भएको छ । आज प्रमुख शाहको कार्यकक्षमा भएको भेटका क्रममा महानगरको कार्यक्षेत्रका सहकारीहरुमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि प्रबन्ध गर्नु पर्ने कानुनी व्यवस्थाका विषयमा कुराकानी भएको हो । कुराकानीका
काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलकाे बैठक बस्दै ११ बजे संसदीय दलकाे कार्यालयमा बस्ने भएको छ । प्रतिनिधिसभा नियमावलीमा संसदीय क्यालेन्डरकाे विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । पुराना दलले क्यालेन्डर व्यवहारिक नभएकाे तर्क नियमावली मस्यौदा समितिमा गरेपछि त्यसमा समाधानसहितकाे जवाफ दिनका लागि बैठकमा छलफल हुन लागेकाे सांसद
काठमाडौ : निर्वाचन आयाेगले आज राष्ट्रपतिकाे निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचनकाे मिति घाेषणा गरेर चुनावी कार्यतालिका सार्वजनिक गर्न लागेकाे हो । फागुन २५ वा २६ गतेलाई मिति ताेक्ने तयारी आयोगको छ ।
काठमाडौ :प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले मतभेदलाई बिर्सेर शहीदको सपना रुपान्तर गर्न संकल्प गर्नुपर्ने बताएका छन् ।सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले भनेका छन: वि.सं. १९९७ देखि २०६२/६३ हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनस्र्थापनाको लामो संघर्षमा अनेकौँ वीर सपुतहरुले आफ्नो प्राणको
सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताउनुभएको छ । शहीद दिवसका अवसरमा सभामुख घिमिरेले नेपालमा लोकतन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने चार शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सो धारणा राख्नुभएको हो । “नेपाली जनताको अधिकार प्राप्तिको सङ्घर्षमा चार शहीदको योगदानको
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको २७औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ । यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक