Trending
>>   कांग्रेसको ‘युवा संकल्प यात्रा’ कात्तिक २३ गतेदेखि >>   डीभी भर्ने समय दुई दिन थप ! >>   अन्तर्राष्ट्रिय बजारमा ह्वात्तै बढ्याे नेपाली चिया कफीको माग ! >>   विपी राजमार्गमा फेरी पहिराे, सवारी साधन पूर्ण रुपमा ठप्प ! >>   पाेर्नस्टार सनी लियोनीले फेरि गरिन् बिहे ! >>   काठमाडौँको बौद्धबाट साढे ६ लाख रुपैयाँसहित २० जुवाडे पक्राउ >>   साढे आठ लाख नगदसहित १२ जना जुवाडे पक्राउ >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक १९ गते सोमबार, हेर्नुहोस आजको राशिफल >>   उपप्रधानमन्त्री प्रकाशमान सिंह इजिप्टमा
Logo
१९ कार्तिक २०८१, सोमबार
१९ कार्तिक २०८१, सोमबार

सङ्घीय कानुन नबन्दा स्थानीय तहले काम गर्न सकेनन् : नेता सिंह


१० भदौ, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय कानुन नबन्दा स्थानीय तहले पूर्णरुपमा काम गर्न नसकेको बताउनुभएको छ । नेपाल महिला सङ्घकी संस्थापक स्वर्गीय मङ्गलादेवी सिंहको २७औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीस्थित उहाँको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले तीन तहको सरकारलाई सुचारुरुपमा सञ्चालन गर्न आवश्यक सङ्घीय कानुन बनाउन नसकेको बताए ।

“सङ्घले आवश्यक कानुन निर्माण गर्ने हो भने स्थानीय तहले पूर्ण रुपमा आफ्ना काम, कारबाही अघि बढाउन सक्छन्,” उनले भने । पछिल्लो सयम युवा देश छोडेर पलायन भइरहेकाले सरकारले उनीहरुलाई स्वदेशमै काम गरेर खाने वातावरण बनाउनुपर्ने नेता सिंहको भनाइ थियो ।

कोशी प्रदेशमा भइरहेको आन्दोलनबारे नेता सिंहले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषी देश भएकाले कानुनभित्र बसेर सबै समस्याको समाधान गर्नुपर्ने बताए । एकअर्काबीच हुने मनमुटावलाई सरकारले समाधान गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

नेता सिंहले नेपालमा राणा शासनको अन्त्य र प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउनका लागि स्व मङ्गलादेवी सिंहले महत्वपूर्ण भूमिका खेलेको बताए । महिला हक, अधिकारको रक्षाका निम्ति स्व सिंहको महत्वपूर्ण योगदान रहेको उनले उल्लेख गरे । “संविधानले महिलालाई जुन किसिमको अधिकार दिएको छ, त्यो सबै महिला आन्दोलनका कारण भएको हो”, उनले भने ।

नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज (कृष्ण) बानियाँले महिलाको हकअधिकारका लागि मात्र नभएर गणेशमान सिंहलाई सर्वोच्च नेता बनाउन मङ्गलादेवी सिंहको ठूलो भूमिका रहेको बताए । कार्यक्रममा कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठ, कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?