Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

माओवादी केन्द्रले गठन गर्यो आइसिटी फोरम


१० भदाै, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले आइसिटी फोरम गठन गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरे ।

अध्यक्ष प्रचण्डले पछिल्लो समय हल्लाकै भरमा सङ्गठन बनाउने प्रवृत्ति देखिएको भन्दै सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गर्ने उद्देश्यले फोरम गठन गरिएको बताए । “यो सूचना प्रविधिको युग हो, यसको महत्व हामी सबैले बुझ्न जरुरी छ”, उनले भने, “राजनीतिक दल सफल बनाउनका लागि पनि सूचना प्रविधिको प्रयोग अपरिहार्य बनेको छ ।”

पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयअनुसार आइसिटी फोरम गठनको निर्णय भएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले फोरम ‘ग्रास रुट’सम्म विस्तार गर्न निर्देशन दिए । उनले समाजवादको आधार तय गर्नका लागि जनतासम्म पुग्ने गरी काम गर्न पनि निर्देश गरे ।

“फोरमले पार्टीका नीति, विचार र कामलाई प्रचारप्रसार गरी जनतामाझ पु¥याउन सहयोग गर्नेछ”, उनले भने, “फोरम गठनले हल्लाकै भरमा सङ्गठन बनाउने परम्परा तोड्दै विचार, सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्नेछ ।” पार्टीको तीन महिने अभियान सफल बनाउन सूचना प्रविधिको प्रयोगमा जोड नवगठित फोरमलाई निर्देशन दिए । सूचना प्रविधिलाई पार्टीले जुन किसिमको महत्व दिएको छ सोहीअनुरुप काम गर्न उनले आग्रह गरे ।

कार्यक्रम संयोजक माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द आचार्य आइसिटी फोरमको केन्द्रीय तदर्थ समिति गठन गरिने समेत जानकारी दिए । कार्यक्रममा अध्यक्ष प्रचण्ड, पार्टीका उपाध्यक्ष एंव प्रवक्ता अग्नि सापकोटा, जनवर्गीय सङ्गठन इन्चार्ज पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालागायतको उपस्थिति थियो ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?