Trending
>>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार

राजनिति


अध्यागमन र भिजिट भिसा समस्या समाधान गर्न गठित छानविन समितिलाई नौ वटा कार्यादेश

काठमाडौँ। सरकारले अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान गठर्न गठित उच्चस्तरीय अध्ययन एवं छानविन समितिलाई नौ वटा कार्यादेश दिएको छ । पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा गठित समितिलाई विदेश जाने आउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानविन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानूनी एवं संरचनागत

जापान, कोरिया र युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने तयारी अन्तिम चरणमाः मन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको नाममा भइरहेका ठगीका घटनाहरू सरकारका लागि गम्भीर चुनौती बनेको बताएका छन् । प्रतिनिधि सभाको मंलगवारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले श्रमिक ठगिएको निवेदनको अध्ययनका आधारमा ठगीमा संलग्नहरुलाइई कडाभन्दा कडा कारबाही गरिने

अध्यागमन र भिजिट भिसा समस्या समाधान गर्न सरकारद्वारा उच्चस्तरीय छानविन समिति गठन

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानविन समिति गठन गरिएको जानकारी प्रतिनिधि सभामा गराएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकले पूर्वमुख्यसचिव शंकरदार बैरागीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको जानकारी गराएका हुन् । पूर्वमुख्यसचिव बैरागीको संयोजकत्वको

रास्वपाले अराजकतालाई मलजल गर्नेगरी काम गरिरहेको छः सांसद गैरे

काठमाडौँ। नेकपा एमाले सांसद ठाकुरप्रसाद गैरेले राष्ट्रिय स्वतन्त्र पार्टीले अराजकतालाई मलजल गर्नेगरी असंसदीय काम गरेको बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भिजिट भिसा प्रकरणले सिंगो नेपाल र नेपाली जनताको, सिंगो संसदको र सम्पूर्ण न्यायप्रेमीहरुको गम्भीर ध्यानाकर्षण भएको बताए । भिजिट भिसा

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको परोक्ष संलग्नता देखिएको रास्वपाको आरोप, छानविन समिति स्वीकार नगर्ने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणको अध्ययन र छानविनका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानविन समिति अस्वीकार गरेको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै पार्टी उपसभापति डा. स्वर्णीम वाग्लेले यस्तो बताएका हुन् । सोमवार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानविन समिति गठन गर्ने निर्णय गरेको

सरकारले बनाएको समिति अपराधको ढाकछोप गर्ने नयाँ प्रोपोगाण्डाः राप्रपा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले बनाएको समितिप्रति आपत्ति जनाएको छ । मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समितिको आपत्ति जनाएका हुन् । उनले १८ वर्षमा १४ जना गृहमन्त्री भएको बताउँदै सबैलाई अनुसन्धानको घेरामा ल्याउनुपर्नेमा दुधको साक्षी बिरालो भएको बताएका

विपद्पछिको उद्धारका लागि काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तैनाथ

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरुलाई निर्देशन दिइसकेको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विपद् जोखिम न्युनिकरणका लागि सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको बताए । अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै आफूले

मिसन ०८४ लाई गन्तव्य बनाएर अघि बढ्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ लाई गन्तव्य बनाएर अघि बढ्न निर्देशन दिएका छन् । सोमवार ललितपुरमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रिय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले युवा संगठनलाई योजनावद्ध ढंगले मिसन ०८४ मा लाग्न निर्देशन दिएका हुन् । उनले संगठनको युवाको हक हित,

कानूनमन्त्री चौरसियाको स्पष्टिकरणः संविधान र कानूनबाहिर गएर न्यायाधीश नियुक्ति गरिएको छैन

काठमाडौँ। कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहलाई आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री चौरसियाले यस्तो चुनौती दिएका हुन् । सांसद सिंहले मन्त्री चौरसियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको आफूसँग प्रमाण रहेको भन्दै कल विवरण

आवश्यकता बढी र स्रोतसाधनको कमीका कारण बजेटमा सबैको चित्त बुझ्न सकेनः पूर्वअर्थमन्त्री महत

काठमाडौँ। पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आवश्यकता बढी र स्रोतसाधनको कमीले गर्दा बजेटमा सबैको चित्त बुझ्न नसकेको बताएका छन् । सोमवार सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले आवश्यकताहरू बढी हुने र सोही अनुरूपको स्रोत र साधन नहुँदा बजेटमा सबैको चित्त नबुझ्ने जिकिर गरे ।

सम्वन्धित समाचारहरु