Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

रास्वपा केन्द्रिय समितिको बैठक जारी : प्रतिनिधि सभा सदस्य निर्वाचनबारे रणनीति बनाउने


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक शुरु भएको छ ।

मंगलवार बिहान ९ बजेदेखि पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बैठक शुरु भएको हो । बैठकको शुरुवातमा जेन—जी आन्दोलनमा ज्यान गुमाउने शहीदहरुप्रति श्रद्धा सुमन व्यक्त गर्दै एक मिनेट मौन धारण गरेर बैठकको शुरुवात भएको पार्टीका प्रवक्ता मनिष झाले बताएका छन्।

बैठकमा समसामयिक अवस्था र बैठकबारे, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रश्तुत (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रिय सदस्यहरूको धारणा, पार्टी संगठन एवं विभाग सम्बन्धमा, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा, पार्टीको महाधिवेशन सम्बन्धमा छलफल हुनेछ ।


प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?