Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

रास्वपा केन्द्रिय समितिको बैठक जारी : प्रतिनिधि सभा सदस्य निर्वाचनबारे रणनीति बनाउने


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक शुरु भएको छ ।

मंगलवार बिहान ९ बजेदेखि पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बैठक शुरु भएको हो । बैठकको शुरुवातमा जेन—जी आन्दोलनमा ज्यान गुमाउने शहीदहरुप्रति श्रद्धा सुमन व्यक्त गर्दै एक मिनेट मौन धारण गरेर बैठकको शुरुवात भएको पार्टीका प्रवक्ता मनिष झाले बताएका छन्।

बैठकमा समसामयिक अवस्था र बैठकबारे, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रश्तुत (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रिय सदस्यहरूको धारणा, पार्टी संगठन एवं विभाग सम्बन्धमा, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा, पार्टीको महाधिवेशन सम्बन्धमा छलफल हुनेछ ।


प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?