Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस, शपथ भोलि


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पाँच मन्त्रीको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छन्। राष्ट्रपतिको कार्यालयले उनीहरूलाई भोलि मात्रै नियुक्ति र शपथ हुने जनाएको छ।

सिफारिस सूचीमा तीन मन्त्रालयको जिम्मेवारीसहित सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल कुमार सिन्हा छन्। उनी भूमि व्यवस्था, उद्योग–वाणिज्य तथा आपूर्ति, र कानुन मन्त्रालय सम्हाल्नेछन्।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवबाट राजीनामा दिएकी डा. संगिता मिश्र स्वास्थ्य मन्त्री बन्नेछिन्। यसैगरी ,दुई दशकको अनुभवसहितका पत्रकार जगदीश खरेल सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा सिफारिस भएका छन्। राज्य पुनर्संरचना संयोजक रहिसकेका कृषि विज्ञ डा. मदन परियार कृषि तथा पशुपंक्षी मन्त्री बन्नेछन्। भने राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक र म्यागसेसे पुरस्कार विजेता वैज्ञानिक महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाउनेछन्।


प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?