Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस, शपथ भोलि


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पाँच मन्त्रीको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छन्। राष्ट्रपतिको कार्यालयले उनीहरूलाई भोलि मात्रै नियुक्ति र शपथ हुने जनाएको छ।

सिफारिस सूचीमा तीन मन्त्रालयको जिम्मेवारीसहित सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल कुमार सिन्हा छन्। उनी भूमि व्यवस्था, उद्योग–वाणिज्य तथा आपूर्ति, र कानुन मन्त्रालय सम्हाल्नेछन्।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवबाट राजीनामा दिएकी डा. संगिता मिश्र स्वास्थ्य मन्त्री बन्नेछिन्। यसैगरी ,दुई दशकको अनुभवसहितका पत्रकार जगदीश खरेल सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा सिफारिस भएका छन्। राज्य पुनर्संरचना संयोजक रहिसकेका कृषि विज्ञ डा. मदन परियार कृषि तथा पशुपंक्षी मन्त्री बन्नेछन्। भने राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक र म्यागसेसे पुरस्कार विजेता वैज्ञानिक महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाउनेछन्।


प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?