Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

राजनिति


गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्र एकअर्कालाई ‘भिलेन’ बनाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै गरिबी, अशिक्षा र बेरोजगारी नै पार्टीको मुख्य चुनौती रहेको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित नेपाली काँग्रेसको १५ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले गगन थापाप्रति लक्षित आलोचनाले उल्टै उनको चर्चा र महत्व बढाइरहेको

न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र

काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन नमिल्ने बताएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिमा बिहीवार मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उनले जिल्ला न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रश्तावप्रति आपत्ति जनाएका छन् । न्यायधीशलाई मेलामिलापकर्ता बनाउने व्यवस्था संवैधानिक

मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले मधेस प्रदेश सरकारले बहुमत गुमाइसकेको भनी टिप्पणी गर्नु हतार हुने बताएका छन् । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मधेस प्रदेश सरकारको भविष्य र त्यहाँ अपनाइने रणनीतिका विषयमा प्रदेश संसदीय दल र प्रदेश कार्यसमितिको निर्णय नै निर्णायक हुने

पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग

काठमाडौं।नेपाली काँग्रेसकी सांसद नीनुकुमारी कर्णले पत्रकारमाथिको धरपकड र विचौलिया इनम सापकोटासँग न्यायाधीश जोडिएको प्रकरणको छानबिन समिति गठन गरेर अनुसन्धान गर्नसरकारको ध्यानाकर्षण गराएकी छिन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । उनले समाचार कक्षमै पसेर पत्रकारमाथि भएको धरपकडको

राष्ट्रिय ख्रिष्टियन महासंघमा विवादः अनाधिकृत समूहद्वारा कीर्ते र कब्जाको प्रयास भइरहेको महासंघको दाबी

काठमाडौं। राष्ट्रिय ख्रिष्टियन महासंघ, नेपालका अध्यक्ष चरिबहादुर गहतराजले महासंघको नाममा अनाधिकृत समूहले गैरकानूनी गतिविधि र जालसाजी गरिरहेको भन्दै आपत्ति जनाएका छन् । काठमाडौंमा बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गहतराजले संस्थाको विधानविपरित केही व्यक्तिले कीर्ते हस्ताक्षर र नक्कली कार्यसमिति खडा गरी संस्थाको साख गिराउने र भ्रम सिर्जना गर्ने प्रयास गरिरहेको आरोप

राजनीतिक दलका बारेमा फैलाइएका भ्रम चिर्न तथ्य र प्रमाणमा आधारित बहस आवश्यकः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलका बारेमा फैलाइएका भ्रम र अफवाहहरूलाई तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छिन् । काठमाडौंमा बुधवार आयोजित ‘प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी’को दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीहरूलाई देशको राजनीतिक घटनाक्रमबारे सही सूचना प्रवाह

प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो: महासचिव पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने बताएका छन् । बुधवार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतका राजनीतिक तथा शासकीय अनुभवको समीक्षा नगरी समाजवाद निर्माणको लक्ष्य हासिल

देशमा जनतालाई चिमोट्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्योः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले अहिले देशमा विवेक, विचार र सिद्धान्तभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति बढ्दै गएको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो आलोचना गरेका हुन् । जनतालाई

अदालतमा हुने मेलमिलापको दर न्युन छः कानून सचिव ढुङ्गाना

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले अदालतमा हुने मेलामिलापको दर एकदमै न्युन रहेको बताएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिमा भएको मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा उनले अदालतमा ३० प्रतिशत मुद्दा मात्रै मेलमिलापका माध्यामबाट टुंगोमा पुग्ने गरेको बताएका छन्

एमालेका असन्तुष्ट नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन माधव नेपालको आह्वान

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो आह्वान गरेका हुन् । उनले नेकपा (एमाले) व्यक्ति

सम्वन्धित समाचारहरु