Trending
>>   राजनीतिक दलका बारेमा फैलाइएका भ्रम चिर्न तथ्य र प्रमाणमा आधारित बहस आवश्यकः पूर्वराष्ट्रपति भण्डारी >>   भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न भारत तयारः विदेश सचिव मिस्री >>   प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो: महासचिव पोखरेल >>   जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी >>   आईजीपी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ : प्रवक्ता >>   प्रहरी महानिरीक्षकमा मनोजकुमार केसी नियुक्त >>   लुम्बिनी लायन्स शिर्षमा >>   नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल >>   ‘पत्रकारमाथिको धरपकडमा सरकारको अनुमति थिएन,प्रहरीले पक्राउ गरेको हो’ >>   देशमा जनतालाई चिमोट्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्योः प्रचण्ड
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार

राजनिति


राजनीतिक दलका बारेमा फैलाइएका भ्रम चिर्न तथ्य र प्रमाणमा आधारित बहस आवश्यकः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलका बारेमा फैलाइएका भ्रम र अफवाहहरूलाई तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छिन् । काठमाडौंमा बुधवार आयोजित ‘प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी’को दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीहरूलाई देशको राजनीतिक घटनाक्रमबारे सही सूचना प्रवाह

प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो: महासचिव पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने बताएका छन् । बुधवार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतका राजनीतिक तथा शासकीय अनुभवको समीक्षा नगरी समाजवाद निर्माणको लक्ष्य हासिल

देशमा जनतालाई चिमोट्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्योः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले अहिले देशमा विवेक, विचार र सिद्धान्तभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति बढ्दै गएको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो आलोचना गरेका हुन् । जनतालाई

अदालतमा हुने मेलमिलापको दर न्युन छः कानून सचिव ढुङ्गाना

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले अदालतमा हुने मेलामिलापको दर एकदमै न्युन रहेको बताएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिमा भएको मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा उनले अदालतमा ३० प्रतिशत मुद्दा मात्रै मेलमिलापका माध्यामबाट टुंगोमा पुग्ने गरेको बताएका छन्

एमालेका असन्तुष्ट नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन माधव नेपालको आह्वान

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो आह्वान गरेका हुन् । उनले नेकपा (एमाले) व्यक्ति

रास्वपा नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गरेनः प्रकाशशरण महत

काठमाडौँ ।नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी सम्पर्क कार्यालय चुनदेवीमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले सुशासनको प्रतिवद्धतासहित बनेको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको र राज्यका विभिन्न संरचनामा अन्योल बढेको आरोप लगाएका छन् । प्रशासनतन्त्र र संवैधानिक निकायको

फौजदारी कानून आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैनः सोविता गौतम

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी कानून आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू नहुने बताएकी छिन् । कानून, न्याय तथा मानव अधिकार समितिमा मंगलवार मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा मन्त्री गौतमले फौजदारी कसुर, घरेलु हिंसा तथा लैङ्गिक हिंसासम्बन्धी मुद्दामा मेलमिलापको नीति लागू नहुने

काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो

काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित केन्द्रिय कार्यसमितिलाई अद्यावधिक गर्न पार्टी निर्वाचन आयोग पुगेको छ । निर्वाचन आयोगमा केन्द्रिय कार्यसमिति अद्यावधिकसम्बन्धी विवरण बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको विधान, संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न भएको र त्यसबाट निर्वाचित नयाँ कार्यसमितिलाई

प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसले पत्रकार पक्राउ तथा प्रेस स्वतन्त्रतामाथि भएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । काँग्रेसको सोमवार बसेको संसदीय दलको बैठकले संसदीय विशेष छानविन समिति बनाउन माग गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रेस स्वतन्त्रतामाथिको

राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको कार्यकारी भूमिकामा रहेका व्यक्तिहरुका गतिविधिहरुले राज्य सञ्चालनको विषयलाई बालबालिकाहरुले खेल्ने भाँडाकुटी जस्तो बनाइएको टिप्पणी गरेका छन् । सोमवार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राज्यको जिम्मेवार ओहदामा बस्ने व्यक्ति अझै संयमित र जिम्मेवार हुनुपर्नेमा सत्ता सञ्चालनलाई मजाकको

सम्वन्धित समाचारहरु