Trending
>>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

राजनिति


प्रदेश प्रमुख परियारद्वारा गणतन्त्र दिवसको शुभकामना

१५ जेठ, कर्णाली । कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘१६औँ गणतन्त्र स्थापना दिवस २०८०’ को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गरेका छन् । उनले कर्णाली प्रदेशवासी तथा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा दिदीबहिनी–दाजुभाइहरूमा सामाजिक न्याय, सुशासन, समृद्धि प्राप्तिको शुभकामना व्यक्त गरेका हुन् । आज यहाँ शुभकामना सन्देश जारी गर्दै

प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा सुरू गरे तरकारी खेती

१५ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौँला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भन्टा, धनियाँ लगायतका बीउ र बेर्ना रोपेका हुन्। सो अवसरमा उनले

गणतन्त्रको विकल्प गणतन्त्र नै हो : प्रधानमन्त्री प्रचण्ड

१५ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताएका छन् । नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज १६ औं गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो विचार व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले गणतन्त्र समावेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास भएको स्पष्ट पारे ।

विकास र समृद्धिको आधार गणतन्त्र : प्रदेश प्रमुख शर्मा

१५ जेष्ठ ,काठमाडौँ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशलाई सुशासन, विकास एवं समृद्घिको पथमा लम्किने आधार गणतन्त्रबाट निर्माण भएको बताएका छन् । सोह्रौँ गणतन्त्र दिवसका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै दिँदै उनले नेपाल शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको ऐतिहासिक

सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ

१५ जेष्ठ ,गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राष्ट्रको समृद्धिका लागि एकता, सहमति र सहकार्य आवश्यक भएको बताएका छन् । गणतन्त्र दिवस २०८० का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले गणतन्त्र घोषणा भएसँगै सुशासन, द्रुततर आर्थिक, सामाजिक विकासलगायत सबै क्षेत्रमा सुन्दर, समृद्ध र नयाँ हुन्छ भन्ने आम नेपालीको अपेक्षा

दलहरूको एकता र समझादारीले मात्र संविधानको रक्षा : प्रदेश प्रमुख शेरचन

१५ जेष्ठ ,लुम्बिनी । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले अग्रगामी विचार राख्ने दलहरूबीचको बलियो एकता र सहकार्यले मात्र समाजवादको सपना पूरा हुने बताएका छन् । उनले गणतन्त्रको मुख्य उद्देश्य र लक्ष्य पनि समाजवाद रहेकाले लक्ष्य हासिल गराउनेतर्फ लाग्न सबैमा अनुरोध गरेका छन् । सोह्रौँ गणतन्त्र दिवसका अवसरमा आज यहाँ जारी

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयक प्रस्तुत

१५ जेष्ठ ,तुलसीपुर । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा विनियोजन विधेयक २०८० प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतवार सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक माथि छलफल गरियोस्, भनीे प्रस्ताव प्रस्तुत गरेका हुन् । प्रस्तुत विधेयकमाथि सोमबार १२ बजे बस्ने बैठकमा छलफल हुनेछ । दिगो, फराकिलो एवम्

सूचना प्रणाली अद्यावधिक गर्न निर्देशन

१४ जेष्ठ ,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै प्रकार र तह (सामुदायिक, संस्थागत र परम्परागत/धार्मिक प्रकृति) का विद्यालयले आउँदो असार १५ गतेभित्र विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइएस) अद्यावधिक गरिसक्न निर्देशन दिइएको छ । केन्द्रका निर्देशक रामचन्द्र शर्माले आज एक

नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी

१४ जेष्ठ ,काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालको पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्ने बताएका छन् । पूर्वप्रशासक एवं विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलद्वारा लिखित ‘पर्यटन र समृद्धि’ पुस्तकको लोकापर्ण गर्दै उनले प्रचुर सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने बताएका हुन् ।

राष्ट्रपति पाैडेलले गरे रेशम चौधरीसहित १९ जनाको बाँकी कैद मिनाहा

१४ जेठ, काठमाडाैँ । गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट रेशम चौधरीसहित १९ जना कैदीको बाँकी कैद मिनाहा भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले रेशम चौधरीसहित १९ जना कैदीको बाँकी कैद मिनाहा भएको बताइन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपति श्री

सम्वन्धित समाचारहरु