Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री शाह


'घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीलाई विश्व समुदायका लागि एक गम्भीर चेतावनी भएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण भोग्नुपरेको यो त्रासदी केवल नेपालको मात्र नभई सम्पूर्ण मानवताको साझा संकट भएको बताएका हुन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आफ्नो पहिलो सम्बोधनका क्रममा प्रधानमन्त्री साहले अगस्ट २६ को बाढीले निम्त्याएको क्षतिबारे विश्वको ध्यानाकर्षण गराएका छन् । उनकाअनुसार यस विपत्तिमा एक हजार चार सय जनाको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता छन् । नेपालको भौतिक पूर्वाधार पुनर्निर्माणका लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिव १० प्रतिशत खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रधानमन्त्री साहले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान शुन्य दशमलव १ प्रतिशतभन्दा कम रहे पनि यसले जलवायु परिवर्तनको गम्भीर मूल्य चुकाउनु परिरहेको यथार्थ प्रश्तुत गरेका छन् ।

उनले भने, ‘हामीले यो संकट सिर्जना गरेका होइनौँ, तर यसको मार हामीमाथि परिरहेको छ ।’

हिमनदी पग्लिने र नदीहरूको बहावमा आएको अनपेक्षित परिवर्तनले पहाडी क्षेत्रको भू–बनोटलाई अस्थिर बनाएकोतर्फ उनले सचेत गराएका छन् । प्रधानमन्त्री साहले जलवायु न्यायको माग उठाउँदै सहायता प्रक्रियामा रहेको झन्झटिलो प्रणालीको आलोचना गरेका छन् ।

‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ । जलवायु न्यायको अर्थ पनि यही हुनुपर्छ ।’ उनले भने ।

विपत्ति न्युनिकरणका लागि उहाँले नेपाल, भारत र चीनको संलग्नतामा ‘हिमाली जलवायु लचिलोपन संयन्त्र’ स्थापना गर्न प्रश्ताव गरेका छन् । यस संयन्त्रले उपग्रह तथ्याङ्क आदानप्रदान, हिमनदी तालको अनुगमन र संयुक्त पूर्वसूचना प्रणाली विकासमा काम गर्ने उनको अपेक्षा छ । उनले नेपालको संकटमा साथ दिने मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाप्रति आभार प्रकट गर्दै थप प्राविधिक र आर्थिक सहयोगका लागि आग्रह गरेका छन् ।


प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?