Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

राजनिति


प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

१७ असार ,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो ।

ऋण लेनदेनपछि स्थानीय तहबाट प्रमाणीकरण गराइने

१७ असार ,काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले साहु र ऋणीबीच ब्याजमा आर्थिक लेनदेनको कारोबार भएपछि स्थानीय तहबाट प्रमाणीकरण गर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको बताएका छन् । राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा उठेका

नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ : उपप्रधानमन्त्री श्रेष्ठ

१७ असार ,काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकास प्रक्रियामा आर्थिक सहयोग बढाउन चीन सकारात्मक रहेको बताएका छन् । पाँचदिने चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्केका  उनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चीनका उपप्रधानमन्त्री तथा सिचुवान प्रान्तका पार्टी प्रमुख नेपाललाई आगामी दिनमा आर्थिक सहयोग वृद्धि गर्न

इतिहासले सम्झिने काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

१७ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् । आइतबार बिहान इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘‘मैले

बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटको विषयमा छलफल गरिने

१७ असार, हेटाैँडा । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक (आज) आइतबार बस्दै छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि बजेटमाथि छलफल गर्न बोलाइएको बैठक विपक्षी दलको लगातारको विरोधपछि गत बुधवार स्थगित गरिएको थियो । विपक्षी दल र सत्तापक्षबीच

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक टेबुल

१७ असार, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा सो सभाका सचिव पदमप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पत्ति भई सन्देशसहित प्राप्त मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबुल गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटका लागि बस्ने गरी स्थगन भएको छ ।

श्रीलङ्काको घरेलु ऋण अनुकूलन संसद्बाट पारित

१७ असार, एजेन्सी । श्रीलङ्काको घरेलु ऋण अनुकूलनसम्बन्धी प्रस्ताव केही विपक्षी सांसदहरूको समर्थनमा शनिबार संसद्मा बहुमतले पारित भएको छ । उक्त प्रस्तावको पक्षमा १२२ र विपक्षमा ६२ सांसदले मतदान गरेका थिए । श्रीलङ्का संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले संशोधनसहितको प्रस्ताव पारित भएको संसदलाई जानकारी दिएका छन् । विपक्षी सांसद वडिवेल

विगतका अनुभवबाट शिक्षा लिएर कम्युनिष्टहरु एकताबद्ध हुनुपर्दछ : प्रधानमन्त्री प्रचण्ड

१७ असार, भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत अनुभवबाट शिक्षा लिएर कम्युनिष्ट एकीकरणका लागि एकतावद्ध हुन आव्हान गरेका छन् । ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै उनले आफूहरुले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिष्ट एकताका लागि पहल गरेको बताए

प्रधानमन्त्री प्रचण्डले अनावरण गरे नेपाल कम्युनिस्ट पार्टीका संस्थापक जोशीको सालिक

१७ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसको अवसरमा उनको स्मृतिमा निर्मित स्मृति प्रतिष्ठान भवन उद्घाटन एवम् प्रतिमा अनावरण गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा भवनको उद्घाटन एवम् प्रतिमा अनावरण गरिएको हो । कम्युनिस्ट राजनीतिका अगुवा जोशीको सम्झनामा मध्यपुर ठिमि ४ शङ्खधर

फ्रान्समा जारी हिंसाबीच म्याक्रोँको जर्मनीको भ्रमण स्थगित

१७ असार, एजेन्सी । एक किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेपछि फ्रान्समा चर्किएको विरोध प्रदर्शनपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो जर्मनीको लागि तय भएको भ्रमण स्थगित गर्ने निर्णय गरेका छन् । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमियरका प्रवक्ताले राष्ट्रपति म्याक्रोँले जर्मनीको राजकीय भ्रमण अर्को मितिमा सार्न आग्रह गरेको पुष्टि गरेका छन्

सम्वन्धित समाचारहरु