Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

रास्वपाका सांसदहरूले संसद अवरोध भएको खण्डमा बैठक भत्ता र सुविधा नलिने


२६ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसद नचलेको र अवरोध भएको खण्डमा बैठक भत्ता नलिने भएको छ ।

सांसदहरुले कुनै पनि कारण सासद नचलेको र अवरोध भएको अवस्थामा बैठक भत्ता लगायत कुनै सुविधा नलिने भएको हो ।

पछिल्लो समय सरकारले अनुसन्धान गरिरहेको अबैध सुन काण्डको सवालमा प्रमुख प्रतिपक्ष दलले उच्चस्तरीय छानविनको माग गर्दै सदन अबरुद्ध गरिरहेको छ । सोही अवस्थामा रास्वपाले भत्ता तथा सुविधा नलिने बताएको हो ।

सभामुखसँगको भेटबारे जानकारी दिँदै रास्वपाका सभापति रवि लामिछानेले फेसबुकमा लेखेका छन्, ‘आधिकारिक रुपमा संसद सुचारु गरिदिनु हुन सभामुखज्युमा अनुरोध गर्यौं। २) संसद अबरुद्ध भएको दिनको तलब/ भत्ता/ सुबिधा फिर्ता गर्ने ब्यवस्था मिलाइदिन हुन अनुरोध गर्यौं।’


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?