Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

रास्वपाका सांसदहरूले संसद अवरोध भएको खण्डमा बैठक भत्ता र सुविधा नलिने


२६ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसद नचलेको र अवरोध भएको खण्डमा बैठक भत्ता नलिने भएको छ ।

सांसदहरुले कुनै पनि कारण सासद नचलेको र अवरोध भएको अवस्थामा बैठक भत्ता लगायत कुनै सुविधा नलिने भएको हो ।

पछिल्लो समय सरकारले अनुसन्धान गरिरहेको अबैध सुन काण्डको सवालमा प्रमुख प्रतिपक्ष दलले उच्चस्तरीय छानविनको माग गर्दै सदन अबरुद्ध गरिरहेको छ । सोही अवस्थामा रास्वपाले भत्ता तथा सुविधा नलिने बताएको हो ।

सभामुखसँगको भेटबारे जानकारी दिँदै रास्वपाका सभापति रवि लामिछानेले फेसबुकमा लेखेका छन्, ‘आधिकारिक रुपमा संसद सुचारु गरिदिनु हुन सभामुखज्युमा अनुरोध गर्यौं। २) संसद अबरुद्ध भएको दिनको तलब/ भत्ता/ सुबिधा फिर्ता गर्ने ब्यवस्था मिलाइदिन हुन अनुरोध गर्यौं।’


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?