Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

देशको नेतृत्व युवाको हातमा छ : मन्त्री लिम्बू


२६ श्रावण, काठमाडाैँ ।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फोर एच नेपालले काठमाडौंमा एक कार्यक्रम गरेको छ । फोर एचले आयोजना गरेको युवा पदयात्रा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले अबको देशको नेतृत्व युवाहरुको हातमा रहेको बताए ।सरकारले देशभित्रै रोजगारीको सिर्जना गरेर युवालाई देश विकासमा लगाउने पनि उनले बताए ।

युवाहरूका समस्या सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै मन्त्री लिम्बुले भने, ‘सबै मिलेर मात्रै देश विकास हुन्छ । मुलुकमा धेरै राजनीतिक परिवर्तन भएका छन् तर जनताको आधारभूत आवश्यकता पूर्ति हुन सकेनन् भन्ने जुन खालको गुनासो छ । त्यसलाई सरकारले सम्बोधन गर्ने प्रयास गरिरहेको छ ।’ संविधानको माध्यमबाट थुप्रै कुरा सम्बोधन भइसकेको भन्दै उनले युवा पुस्ता धेरै निराश हुनुपर्ने अवस्था नरहेको बताए ।

उनले थपे, ‘युवाहरूको साथमा रहेर सँगसँगै अगाडि बढ्न चाहन्छौँ । सबै युवालाई लिएर अगाडि बढ्न, युवाको कुरा सुन्न तयार छौं । त्यसकारण निराश नभई यो देशको नेतृत्व हामीले गर्ने हो । विकास गर्ने हो । त्यस कारण दिगो विकास प्राप्तिका लागि जस्तो परिस्थितिमा पनि मिलेर जाने सङ्कल्पलाई सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ युवा नीति परिमार्जनका लागि गृहकार्य भइरहेको बताउँदै मन्त्री लिम्बुले भने, ‘युवा नीति परिमार्जन गर्ने विषयमा अगाडि बढिरहेका छौँ । युवालाई अगाडि बढाउने कार्यक्रमहरू पनि सुरु भइसकेका छन् । त्यसमा केही थप्न आवश्यक भए सुझाव दिन पनि आग्रह गर्न चाहन्छु ।’ युवा पदयात्राको समापन कार्यक्रममा सात ओटा राजनीति दलका सांसदहरुले दिगो विकास लक्ष्य प्राप्तिका लागि ब्यानरमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा ऐक्यबद्धता जनाउँदै उनीहरुले देशमा युवाका लागि अवसर सृजना नगराइँदा पलायन हुन बाध्य भएको बताए । सरकारले उनीहरुका लागि आवश्यक नीति निर्माण गरी देशमै काम गर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताए ।

नेकपा एकिकृत समाजवादीका सांसद भानुभक्त जोशीले आफू सांसद भएकाले युवाका मुद्दाहरु संसदमा उठाउने र दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको जनाए । सोही समारोहमा राष्ट्र्रिय स्वतन्त्र पार्टीकी सासंद निशा डाँगीले आफू पनि युवा भएकाले युवाको पक्षमा सदैव रहने र संसदमा युवाका आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन् । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले अबको युग युवाको भएकाले युवामा थप लगानी गर्नु पर्ने कुरामा जोड दिए ।

नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले वर्तमान सरकारले युवाका पक्षमा उल्लेख्य काम गरिरहेको भन्दै सरकारको प्रशंसा गरिन् । उनले आफू युवाका लागि र दिगो विकासका लागि सक्दो लागिपर्ने बताइन् । कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले देश निर्माणमा युवाको महत्वपूणर् भूमिका भएकाले उनीहरुलाई राज्यको मूलधारमा ल्याउनु पर्ने बताइन् । दिगो विकास लक्ष्य प्राप्तिका लागि म पूणर् प्रतिबद्ध रही आफ्नो जिम्मेवारी बहन गर्नेछु भन्ने ब्यानरमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, सात जना सांसद, नगारिक समाजका अगुवा तथा युवा अभियन्ताहरुले हस्ताक्षर गरेका थिए ।

कार्यक्रम समापन गर्दै फोर एच एशिया तथा नेपालका अध्यक्ष लोकराज अवस्थीले दिगो विकास लक्ष्य पूरा गर्नका लागि युवाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सबै सांसदलाई दिगो विकास लक्ष्य प्राप्तिका लागि नयाँ प्रभावकारी ऐन कानुन निर्माण गर्न संसदमा महत्वपूणर् भूमिका खेल्न उनले आग्रह गरे । कौशल युवाः दिगो विश्वका लागि भन्ने नारासहित शुरु भएको युवा पदयात्रा माइतीघरबाट बबरमहलमा गएर समापन गरिएको थियो ।

साप्ताहिक रुपमा विश्वभरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै आइरहेको छ ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?