२६ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रहरीले हातपात गरेको बताएका छन् । उनले शुक्रबार म्याद थपका अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले प्रहरीले हातपात गरेको जानकारी दिएका हुन् ।
‘ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ?,’ बाहिरिने क्रममा शर्माले भनेका छन् ।
बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार