Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

कपिलवस्तुको खानेपानी समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता


२६ ,श्रावण ,कृष्णनगर । खानेपानी मन्त्री महिन्द्राराय यादवले कपिलवस्तुमा भएको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

बहादुरगञ्ज खानेपानी संस्थानको आज अनुगमन गर्दै मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्ने काम केन्द्र सरकारको भएको स्पष्ट पारे ।

कपिलस्तुको कृष्णनगर बजारको खानेपानी पाइप लाइन विस्तारका लागि चालु आर्थिक वर्षका लागि रु चार करोड ५० लाख रकम विनियोजित गरेको उनको भनाइ छ ।

आगामी दिनमा जिल्लाका विभिन्न क्षेत्रमा ओभर हेड ट्याङ्की निर्माणका लागि योजनाअघि बढाउने मन्त्री यादवले आश्वासन दिए ।

जिल्लाको कृष्णनगर खानेपानी संस्थानको अनुगमनका क्रममा केही वर्ष पहिले कपिलवस्तुमा हैजा फैलिएको भन्दै उनले नागरिकले स्वच्छ खानेपानी पाउनुपर्नेमा जोड दिए ।

अनुगमनका क्रममा कपिलवस्तु क्षेत्र नं ३ का पूर्वसांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको समेत सहभागिता थियो ।

पूर्वसांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका अधिकांश स्थानमा खानेपानी समस्या भएको बताए । कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले खानेपानी आपूर्तिको ओभरहेड ट्याङ्कीको पाइपलाइन परिवर्तनका लागि रकम छुट्याएको मन्त्री यादवलाई धन्यवाद दिए ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?