Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

कपिलवस्तुको खानेपानी समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता


२६ ,श्रावण ,कृष्णनगर । खानेपानी मन्त्री महिन्द्राराय यादवले कपिलवस्तुमा भएको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

बहादुरगञ्ज खानेपानी संस्थानको आज अनुगमन गर्दै मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्ने काम केन्द्र सरकारको भएको स्पष्ट पारे ।

कपिलस्तुको कृष्णनगर बजारको खानेपानी पाइप लाइन विस्तारका लागि चालु आर्थिक वर्षका लागि रु चार करोड ५० लाख रकम विनियोजित गरेको उनको भनाइ छ ।

आगामी दिनमा जिल्लाका विभिन्न क्षेत्रमा ओभर हेड ट्याङ्की निर्माणका लागि योजनाअघि बढाउने मन्त्री यादवले आश्वासन दिए ।

जिल्लाको कृष्णनगर खानेपानी संस्थानको अनुगमनका क्रममा केही वर्ष पहिले कपिलवस्तुमा हैजा फैलिएको भन्दै उनले नागरिकले स्वच्छ खानेपानी पाउनुपर्नेमा जोड दिए ।

अनुगमनका क्रममा कपिलवस्तु क्षेत्र नं ३ का पूर्वसांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको समेत सहभागिता थियो ।

पूर्वसांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका अधिकांश स्थानमा खानेपानी समस्या भएको बताए । कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले खानेपानी आपूर्तिको ओभरहेड ट्याङ्कीको पाइपलाइन परिवर्तनका लागि रकम छुट्याएको मन्त्री यादवलाई धन्यवाद दिए ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?