Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

साइबर सचेतनालाई प्रभावकारी बनाउनुपर्छः मन्त्री शर्मा


२६ श्रावण, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सचेतनालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, सूचना तथा सञ्चार प्रविधिमा महिला समितिका पदाधिकारी तथा सदस्यहरुसँगको भेटमा उहाँले साइबर सुरक्षाको सवाल संवेदनशील भएकाले यसमा सचेतनालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

सरकारले चालु आर्थिक बर्षको बजेटमा डिजिटल साक्षरताका कार्यक्रम अघि सारेको जानकारी दिंदै उहाँले मन्त्रालय माताहतका अन्य निकायबाट पनि यस्ता कार्यक्रम अघि सारिएको बताउनुभयो । नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति जारी गरिएको सन्दर्भ उल्लेख गर्दै मन्त्री शर्माले साइबर सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । साइबर सुरक्षाका लागि निरन्तर अनुगमन गरी सुरक्षित अनलाइन स्पेस निर्माण गर्नुलाई पनि साइबर सुरक्षा नीतिको रणनीति बनाइएको उल्लेख गर्दै मन्त्री शर्माले महिला, बालबालिका वा लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवाहरुलाई निषेध गर्ने नीति लिइएको जानकारी दिनुभयो । इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत हुने विभिन्न प्रकारका हिंसा एवं विभेद अन्त्य गर्ने पनि नीतिको उद्देश्य रहेको उहाँले स्पष्ट गर्नुभयो ।

सूचना प्रविधि क्षेत्रमा बिपन्न वर्गको पहुँच स्थापित गर्न विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा छात्रवृत्तिको व्यवस्था गरिएको स्पष्ट गर्दै मन्त्री शर्माले यसमा महिलालाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । क्यान महासंघ, सूचना प्रविधिमा महिला समितिले ज्ञापनपत्र बुझाउँदै सूचना प्रविधिमा महिला सहभागिताको महत्वबारे सचेतना कार्यक्रम चलाउनुपर्ने, मेन्टरशीप र नेटवर्किङका अवसर उपलब्धि गराउनुपर्ने, विविधता र समावेशीकरणलाई प्रवर्धन गरी महिलाका लागि अवसर विस्तार गर्नुपर्ने माग राखेको थियो ।

सरकारी बिद्यालय पढेका, आयस्रोत कमजोर भएका, दुुर्गम क्षेत्रका महिला सदस्यलाई छात्रावृत्ति प्रदान गरी मानव संशाधन विकास गर्नुपर्ने, महिला केन्द्रित प्राविधिक समुदायहरुसँग सहकार्य बढाउनुपर्ने, भाषा, कनेक्टिीभिटी र सरकारी वेबसाइटहरुलाई समावेशी र अपांगतामैत्री बनाउनुपर्ने, साइबर अपराध न्यूनीकरण गर्नुपर्ने, डिजिटल वित्तीय साक्षरतामा जोड दिनुपर्नेलगायतका माग समितिले राखेको थियो ।

कार्य समिति सदस्य तथा सूचना तथा सञ्चार प्रविधिमा महिला संयोजक रिना श्रेष्ठले मन्त्री शर्मालाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?